एसइइ परीक्षा : झापाबाट ४७.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण

0
49

झापा  । माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागी मध्ये झापाबाट ४७.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी विद्यार्थी मध्ये ७ हजार ३ सय २५ जना परीक्षार्थी उत्तीर्ण भएका हुन् । यो वर्ष एसइइ परीक्षामा झापाबाट कुल १५ हजार ४ सय ६२ जना परीक्षर्थी सहभागी थिए । जसमध्ये ८ हजार १ सय ३७ जना विद्यार्थी नन ग्रेडिङ (असफल) मा परेका छन् ।
दुई विषयमा अनुत्तीर्ण परीक्षर्थी समेत नन ग्रेडिङमा गणना गर्दा ८ हजार १३७ जना असफल भएका हुन् । तीमध्ये दुई विषयमा फेल भएका उनीहरुले साउन १८ र १९ गते मौका परीक्षा दिन पाउने शिक्षा विकास तथा समन्वय इकाइ झापाले जनाएको छ ।
झापामा ३.४ देखि ४ जिपिएसम्म ल्याउने ७४७ जना, ३.२ देखि ३.६ सम्म ल्याउने २ हजार ४५८ जना, २.८० देखि ३.२० सम्म ल्याउने २ हजार ९७२ जना, २.४० देखि २.८० सम्म ल्याउने १ हजार १०३ जना र २.० देखि २.४० सम्म ल्याउने ४५ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here