एसइइ परीक्षा : बाह्रदशीमा मिनी माउण्टेनको नतिजा सत प्रतिशत , जनविकासको शून्य

0
123

झापा,  माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा बाह्रदशी गाउँपालिका ६ मा रहेको मिनी माउण्टेन इङ्लिस स्कूलका सत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।


११ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमा सत प्रतिशत विद्यार्थी उत्तीर्ण भएको विद्यालयका संस्थापक प्रिन्सिपल खगेन्द्र सुवेदीले बताए । परीक्षामा सहभागी विद्यार्थी मध्ये ३ जनाले ए प्लस, ४ जनाले ए र ४ जनाले बी प्लस जीपीए प्राप्त गरेका छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा संस्थागत र सामुदायिक विद्यालय गरी १६ विद्यालयका विद्यार्थीले बाह्रदशी गाउँपालिकाबाट परीक्षामा सहभागीता जनाएका थिए । जसमध्ये मिनी माउण्टेनले सत प्रतिशत नतिजा निकाल्न सफल भएको हो ।
यता बाह्रदशी ५ मा रहेको कञ्चन ज्योति अंग्रेजी माध्यमिक विद्यालयकी छात्रा सिम्रन सापकोटाले ३ दशमलव ७८ जीपीए ल्याएर बाह्रदशी गाउँपालिका प्रथम भएकी छिन् ।

जनविकासको नतिजा शून्य

बाह्रदशी गाउँपालिका ४ मा रहेको जनविकास माध्यमिक विद्यालयको एसइइ नतिजा शून्य भएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइइ)को विहीवार सार्वजनिक नतिजा अनुसार जनविकास माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी सबै विद्यार्थी अनुत्तीर्ण भएका हुन् । बाह्रदशी गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक योगराज पौडेलले दिएको जानकारी अनुसार पालिकाबाट इसइइ परीक्षामा सहभागी विद्यालय मध्ये जनविकासको नतिजा शून्य आएको हो ।


त्यस्तै गौरीशंकर माविबाट १९ जना , फूलवारी माविबाट ४ जना, पशुपति मावि ४२ जना, अमृत मावि १ जना, पञ्चमणि मावि २ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । सामुदायिक विद्यालय तर्फ गौरीशंकर माविले सबैभन्दा उत्कृष्ट नतिजा ल्याएको हो । दीपजन माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थी मध्ये ४५ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here