पृथ्वीनगरमा धारिलो हतियार प्रयोग गरी एक बृद्धाको हत्या

0
50

बिर्तामोड ।

झापाको पृथ्वीनगरमा धारिलो हतियार प्रयोग गरी एक बृद्धाको हत्या भएको छ ।

भद्रपुर नगरपालिका २ स्थित डिगाउँकी ७० वर्षीया गौरीमाया तामाङलाई सोही ठाउँका ४० वर्षीय राजेश तामाङले धारिलो हतियार सिक्कलले घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

सिक्कल प्रहारबाट बृद्धाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बृद्धको हत्या गरी खेतमा लुकिरहेको अवस्थामा तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको बताइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here