वडा कार्यालय भवन निर्माण

0
2

म्याग्दी,

म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा वडा कार्यालय भवन निर्माण गरिएको छ । मालिकाले रु ७६ लाखको लागतमा सात कोठे एक तले भवन निर्माण गरेको हो ।

अपाङ्गमैत्री तथा भूकम्प प्रतिरोधी क्षमता भएको उक्त भवन निर्माण गर्न गा मङ्सिरमा सम्झौता भएको हो । मालिका–५ का वडाध्यक्ष मिम पुनले हस्तान्तरण भएपछि नयाँ भवनबाट सेवा सुरु गरिने जानकारी दिनुभयो ।

यसअघि भीम मावि परिसरमा रहेको साविक देविस्थान गाविसको पुरानो र जिर्ण भवनबाट वडा कार्यालयको कामकाज सञ्चालन हुँदै आएको थियो ।

सात वडा रहेको मालिकामा यसअघि वडा नं ३ मा मात्र आफ्नै भवन निर्माण गरिएको थियो । वडा नं ६ को कार्यालय भने तत्कालीन दरवाङ गाविसको भवनबाट सञ्चालन हुने गरेको छ ।

आगामी आर्थिक वर्षमा गाउँपालिकाको प्रशासकीय भवन, वडा नं १ र ७ को भवन निर्माण गर्न रु दुईं करोड बजेट विनियोजन गरिएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here