एमाले बिर्तामोड–३ को अध्यक्षमा कोशिस घिमिरे सर्वसम्मत

0
21

बिर्तामोड ।

नेकपा एमालेको बिर्तामोड–३ नम्बर वडाको अध्यक्षमा कोशिस घिमिरे सर्वसम्मत रुपमा चयन भएका छन् । एमालेको वडा अधिवेशनमा घिमिरे सर्वसम्मत रुपमा अध्यक्ष भएका हुन् ।

दुई दिनसम्म सञ्चालन भएको वडा अधिवेशनबाट उपाध्यक्षमा कृतिका गौतम (आचार्य), सचिवमा श्रीप्रसाद न्यौपाने, दुई जना उपसचिवमा कृष्ण बारकोटी र सुमन खरेल चयन भएका हुन् ।

२५ सदस्यीय कमिटीको खुल्ला सदस्यमा पाँच जना पुरुष र चार जना महिला, युवा तर्फ तीन जना पुरुष र दुई महिला, दलित तर्फ एक जना पुरुष र एक जना महिला, आदीवासी तथा जनजाति तर्फ एक महिला र एक पुरुष, मधेशी तथा मुस्लिम तर्फबाट एक महिला र एक जना पुरुष रहेका छन् ।

अध्यक्षमा सर्वसम्मत चयन भएका घिमिरे लामो समयदेखि नेकपा एमालेको पार्टी राजनीतिमा सक्रिय रहेका छन् । सानै उमेरबाट राजनीति शुरु गरेका घिमिरेले एमाले पार्टीलाई एकतावद्ध बनाउँदे पार्टीका अग्रज तथा युवापङक्तिलाई समेटेर लैजाने बताएका छन् ।

घिमिरेले आफ्नो वडामा पार्टीलाई थप शसक्त बनाउनका लागि सबैको राय सुझावलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here