इनर व्हील क्लब अफ अर्जुनधाराको नेतृत्व चयन

0
1

अर्जुनधारा ।

इनर व्हील क्लब अफ अर्जुनधारा २०२४–०२५ को प्रेसीडेन्टमा विनिता थापा तामाङ चयन भएकी छिन् ।

क्लब २०२३–२४ की प्रेसीडेन्ट सुनिता खरेलको अध्यक्षता र क्लब मातृ संस्था इनर व्हील क्लब अफ बिर्तामोडकी पास प्रेसीडेन्ट सम्झना भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न बैठकबाट आगामी एक वर्षको लागि प्रेसीडेन्टमा तामाङलाई सर्वसम्मत चयन गरेको हो ।

त्यसैगरी क्लबका भाइस प्रेसीडेन्टमा तारा श्रेष्ठ, सेक्रेटरीमा प्रभा नेपाल, आइएसओमा अनी कार्की गोम्देन, ट्रेजररमा सुप्रीया बस्नेत, मिडिया एडीटरमा सुजता बुढाथोकी र बोर्ड मेम्बरमा बन्दना भण्डारी, मञ्जु चापागाईं र राधा बुढाथोकी चयन भएका छन् ।

त्यस्तै क्बलका मेम्बरहरुमा आरती थापा, आशा घिमिरे, कञ्चनदेवी काफ्ले, निर्मला रिमाल, पूजा सँग्रौला, पूर्णिमा सिटौला, मीनु ओली लोहनी, मुना पौड्याल रिजाल, रमा बुढाथोकी, सम्झना दंगाल, सिर्जना दंगाल बस्नेत र सुजता तामाङ चयन भएका छन् ।

क्लबको औपचारिक पद हस्तान्तरण कार्यक्रम आगामी साउन ८ गते हुने अध्यक्ष तामाङले जानकारी दिइन् । सोही कार्यक्रममा प्रमुख अतिथि भण्डारीले क्लबको विविध विषयबारे प्रशिक्षण दिएको बताइएको छ ।

गत वर्ष गठन भएको क्लबले क्लबमा आबद्ध पदाधिकारी तथा सदस्यहरुको नेतृत्व तथा व्यक्तित्व विकास सम्बन्धी कार्यक्रमसँगै नगरपालिकाका विभिन्न क्षेत्रमा सामाजिक गतिविधिहरु सञ्चालन गर्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here