लागूऔषधसहित ६ जना पक्राउ

0
4

विराटनगर ।

झापा, मोरङ र सुनसरीका छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा सुनसरीको प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–९ की २३ बर्षिया कन्चना राई र १८ बर्षिय समन भुजेललाई ट्रमाडोल ३४० पिस सहित र अस्थायी प्रहरी पोष्ट तीनकुने धरानबाट खटिएको प्रहरी टोलीले धरान-१७ का २१ बर्षिय राजु साहलाई स्पास्मो ३५०० ट्याब्लेट, ओपोट्याब १७०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी पथरी शनिश्चरे–१ मोरङका १८ बर्षिय नवराज मगरलाई ट्रमाडोल ३३ चक्की र स्पासमिड १२ चक्की सहित इलाका प्रहरी कार्यालय पथरीले र बिर्तामोड–७ का ३३ बर्षिय सुरज लामा र बिर्तामोड–५ का २२ बर्षिय बिजय मगरलाई चार ग्राम ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको छ ।

लागूऔषधसहित पक्राउ परेकाहरु विरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here