कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक

0
8

काठमाडौँ,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति सकारात्मक भएको प्रतिक्रिया दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको पदाधिकारी बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै कांग्रेस र नेकपा एमालेबीच भएको सरकार बनाउने नयाँ सहमति सकारात्मक भएको प्रतिक्रिया दिएको हो ।

“अहिले कांग्रेस र एमालेबीच नयाँ सहमतिका साथ सरकार बनाउने कुरा आएको छ जुन स्वागतयोग्य छ”, बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भन्नुभयो, “यो सहमतिको मूल विन्दु भनेको संविधान संशोधन हो । संविधान संशोधनका लागि मुख्य र दोस्रो दल मिलेर सरकार बनाउने विषय सकारात्मक छ ।”

राप्रपाले लामो समयदेखि संविधान संशोधनको विषय उठाउँदै आएको र त्यसका निम्ति नयाँ समझदारी कायम गरेर जानुपर्ने धारणा पार्टीको रहेको अध्यक्ष लिङ्देनको भनाइ छ । बैठकले विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै अहिले नै ठोस धारणा बनाएर निष्कर्षमा नजाने निचोड निकालेको छ ।

यसका निम्ति सबै राजनीतिक दलहरुबीच नयाँ समझदारी बन्नुपर्ने राप्रपाको धारणा छ । अध्यक्ष लिङ्देनले पछिल्लो विकसित राजनीतिबारे राजनीतिक दलहरुसँग निरन्तर छलफल रहने उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here