आँचल र विवेकको ‘वर एन्ड वधु’ भदौ १४ लाई निश्चित

0
9

काठमाण्डौं ।

मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘वर एन्ड वधु’ले प्रदर्शन मिति ‘बुक’ गरेको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै आगामी भदौ १४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

अहिलेसम्मको अवस्था हेर्दा फिल्मले सोलो रिलिज पाउने सम्भावना देखिन्छ । किनकि, उक्त मिति अरु फिल्मले रोजिसकेका छैनन् । यो फिल्मले तीजलाई लक्षित गरेर प्रदर्शन मिति तय गरेको हो ।

सार्वजनिक पोस्टरमा भने अभिनेत्री आँचल शर्मा र अभिनेता विवेक कर्माचार्य रोमान्टिक अन्दाजमा देखिएका छन् । यसमा आँचल र विवेकले एक्सन पनि गरेका छन् । फिल्ममा विजय लामा, किरण केसी, हिउँवाला गौतम, सरिता लामिछाने, अन्सु महर्जन, दिनेश काफ्ले, यमन श्रेष्ठ, सृष्टि खड्का, गरिमा शर्मा, रविन्द्र खड्का, कुसुम शर्मा, विजु पार्की, हिमेश पन्त लगायतको पनि अभिनय छ ।

फिल्ममा जानुका थापा निर्माता र डा. अमित रिजाल कार्यकारी निर्मातामा छन् । एलआरके प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा सुदिप बरालको छायांकन रहेको छ भने हिमाल केसीको द्वन्द्व निर्देशन छ ।

फिल्मले सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा भन्ने जनाइएको छ । नेपाल र रोमानियामा छायांकन भएको फिल्मको हाल पोष्ट प्रोडक्शनको काम भइरहेको निर्देशक चाम्सले बताए ।-फिल्मीखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here