बाहुण्डागी जेसीजलाई नेपाल जेसीजको निरन्तर छैटौं अवार्ड

0
13

बाहुण्डाँगी ।

बाहुण्डाँगी जेसीजले नेपाल जेसीज हरेक महिना दिने 100 % Efficincy अवार्डमा डबल ह्याट्रिक गरेको छ ।

बिहिवार नेपाल जेसीजले सार्वजनिक गरेको जुन महिनाको भाष्अष्लअथ अवार्डमा बाहुण्डाँगीले डबल ह्याट्रिक गरेको हो । जनवरीबाट सुरु भएको २०२४ को कार्यकालमा शाखाले निरन्तर छैटौ पटक यो अवार्ड प्राप्त गरेको हो ।

नेपाल जेसीजले जुन महिनामा रक्तदान, वृक्षारोपण र नेपाल जेसीजले आयोजना गरेको कार्यक्रममा सहभागि हुनु पर्ने काम दिएको थियो । यो संँगै शाखाले अन्य थप दुई वटा कार्यक्रम सम्पन्न गरेको थियो । ६ महिनमा शाखाले ३९ वटा कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक सामुल रायाले बताउनुभयो ।

४ वर्षसम्मको अनरवत अध्यक्ष बन्ने इच्छा राखेर २०२४ को नेतृत्व लिएका अध्यक्ष देबु बानियाँले नेपाल जेसीजको निरन्तरको अवार्डमा बोर्डका पदाधिकारी, सदस्य, पूर्व अध्यक्षहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । अध्यक्ष बानियाँले यस अवार्डले अझ हौषला मिलेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here