उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति

0
9

धरान (सुनसरी),

धरान उपमहानगरपालिकाको सहिद स्मृति माध्यमिक विद्यालयले परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयले विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्ति कार्यक्रम आयोजना गरी नर्सरीदेखि कक्षा १० सम्म उत्कृष्ट नतिजा ल्याउने ३६ छात्र तथा छात्रालाई रु एक लाख छात्रवृत्ति वितरण गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टका अनुसार प्रथम हुनेलाई ७५ प्रतिशत, द्वितीय हुनेलाई ६० प्रतिशत र तृतीय हुने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ । उहाँले भन्नुभयो– “पढाइप्रति आकर्षित गर्न र प्रोत्साहनका लागि उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।”

विद्यार्थीलाई दुव्र्यसनीविरुद्ध प्रशिक्षण

जिल्ला प्रहरी कार्यालय सुनसरी, फ्यान जिल्ला कार्यसम्पादन समिति सुनसरी र कोशी गाउँपालिकाको संयुक्त आयोजनामा कोशी गाउँपालिका–३ स्थित राष्ट्रिय मावि सोभनपुरमा विद्यार्थीलार्ई दुव्र्यसनीविरुद्ध प्रशिक्षण दिइएको छ । विद्यार्थीलाई रचनात्मक कार्यमा अग्रसर गराउन प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताउनुभयो ।

प्रहरीले चलाएको फ्यानअभियान समुदायको हितमा रहेको कोशी गाउँपालिका– ३ का वडाध्यक्ष सुलेमान अन्सारीले बताउनुभयो । सहभागी विद्यार्थीलाई प्रहरी नायब उपरीक्षक भण्डारी र रुमा रिजालले प्रशिक्षण दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here