माई नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

0
7

विमल दहाल, माई ।

इलामको माई नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बुले विहिबार नगरपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेका गर्नु भएको हो ।

नगरपालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितताका आधारमा तथा वडा वडाको खोप तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिनुभयो । पूर्ण खोप मापदण्ड र सुचकका आधारमा सबै सर्तहरू पूरा गरी नगरपालिकाले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको हो ।

स्वास्थ्य शाखाले पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष नियमित खोपको घरदैलो सर्वेक्षण गरी उमेरअनुसार खोप पाए/नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ।

कार्यक्रममा माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बुले व्याक्ति धनि भएर केही नहुने तर व्याक्ति स्वास्थ्य र देश धनि भयो भने हाम्रो सफलता रहने बताउनुभयो । वहाँले दक्ष जनशक्ति देश भित्रै सेवा गर्न लाग्नु पर्ने वताउनु हुदै पूर्ण खोप लगाउन छुटेमा फेरी खोप लगाएर पुर्ण खोपलाई साकार बनाउनु पर्ने वताउनुनभयो ।

त्यस्तै प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बिश्वकर्माले पूर्ण खोप सुनिश्चितता जस्तै अन्य स्वास्थ्य क्षेत्रमा कसरी अगाडी वढाउन सकिन्छ र सफलता हासिल गर्न सकिन्छ भनि लाग्न सवै स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । वहाँले अस्पताल लगायत स्वास्थ्य संस्थालाई स्वायत्तता बनाउने सोचमा नगरपालिका रहेको बताउनु भयो ।

यसै विच विहिवारनै नेपाल क्षयरोग निवारण संस्था इलामको प्राविधिक सहयोगमा क्षयरोग निवारण कार्यक्रम प्रारम्भिक नतिजा प्रकाशन तथा समापन कार्यक्रम सम्पन्न भएको छ । नेपाल क्षयरोग निवारण संस्था इलामका अध्यक्ष दिवाकर भण्डारीको सहभागितामा सम्पन्न भएको थियो । कार्यक्रममा माईमा ३१ जनामा क्षयरोग रहेको, ती मध्ये ३ जनामा जटिल प्रकारको क्षयरोग रहेकोमा २ जना विराटनगरमा र १ जना माई अस्पतालमा नियमित निगरानीमा उपचार गर्दै रहेको जानकारी गराईएको थियो ।

कार्यक्रममा माईका दश वटै वडाका स्वास्थ्य व्यवस्थापन समिति, स्वास्थ्य इन्चार्ज, अनमी, अहेवलाई सम्मान गरिएको थियो । क्षयरोग निवारण संस्था इलाम र अध्यक्ष दिवाकर भण्डारीलाई क्षयरोग निवारणमा सहयोग गरे वापत प्रंशसा पत्र सहित सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा सेवाबाट निवृत माई-९ का टेकनारायण श्रेष्ठ र सेवा छोड्नु भएकी कट्टेलटार आधारभुत स्वास्थ केन्द्रकी रेवता कट्टेललाई समेत विदाई कार्यक्रम गरिएको थियो ।

माई नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रम तथा क्षयरोग निवारण कार्यक्रम प्रारम्भिक नतिजा प्रकाशनका वारेमा जानकारी आदनप्रदान भएको थियो । कार्यक्रम माईका मेयर खम्बा सिं लिम्बुको अध्यक्षता र स्वास्थ्य शाखा माईका प्रमुख पुष्कर कट्टेलको सन्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्मा, नेपाल क्षयरोग निवारण संस्था इलामका अध्यक्ष दिवाकर भण्डारी, माई नगरपालिका वडा नम्बर-३ का वडा अध्यक्ष देव कुमार तामाङ्ग, स्वास्थ्य स्यमसेविका चन्द्रकला श्रेष्ठ, स्वास्थ्यकर्मी गायत्री निरौला, मुना मगर लगायतले मन्तब्य राख्नु भएको थियो ।

वडाध्यक्षहरु, कार्यापालिका सदस्य, दश वटै वडाका स्वास्थ्य इन्चार्ज, अनमी, अहेव, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्यंमसेविका लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here