आज यी प्रदेशमा भारी वर्षा हुने

0
28
काठमाडौँ, 
 बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही ति तीन प्रदेशका अधिकांश भूभाग र बाँकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ ।
आज दिउँसो पनि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ । थोरै स्थानहरूमा भारीदेखि  धेरै भारी वर्षाको सम्भावना रहेको र चार प्रदेशमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अति भारी वर्षा हुने महाशाखाको पूर्वानुमान् छ ।
आज राति पनि देशभर साधारणतया देखि पूर्णतया बदली रही कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी,  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा राति पनि भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम  प्रदेशको एक–दुई  स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here