साहित्य चौतारीको रजत महोत्सव

0
13

बिर्तामोड ।

साहित्य चौतारी झापाले २५औं रजत जयन्ती मनाउने तयारी गरेको छ ।

आगामी असार ३१ गते २११ औं भानु जयन्तीको अवसर पारेर विविध साहित्यिक कार्यक्रम गरेर भव्यरुपमा मनाउने आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो ।

विक्रम सम्वत् २०५६ सालमा स्थापना भई २५औं वर्ष प्रवेशको अवसर पारेर यही असार ३१ गते राष्ट्रव्यापी खुल्ला कविता वाचन प्रतियोगिता, चार जना वरिष्ठ स्रष्टालाई रथारोहण, अधिराज्यभरबाट १० जना सर्जकहरुलाई अभिनन्दन र छिमेकी राष्ट्र भारतमा रहेर साहित्य क्षेत्रमा साथ र सहयोग पु¥याउनेलाई उच्च कदर गर्दै सम्मान तथा विविध साहित्यिक कार्यक्रम गरी सभ्य र भव्य रुपमा रजत महोत्सव मनाइने अध्यक्ष देवीभक्त श्रेष्ठले बताए ।

ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपती नारदमणि हार्ताम्छालीके प्रमुख आतिथ्यता रहने कार्यक्रमको विशिष्ट अतिथि प्रकाश सायमी, भाषाविद तथा वरिष्ठ सर्जक चुडामणि रेग्मी, वरिष्ठ लोक गायक एलपी जोशी, नेपाली चलचित्रकी प्रथम संगीतकार शान्ति ढकाल, वरिष्ठ पत्रकार तथा सर्जनक नकुल काजीलाई रथारोहण गराइने अध्यक्ष राजेन्द्र संग्रौलाले जानकारी दिए ।

त्यस्तै उक्त समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेती, संस्कृतविद् डा. जगमान गुरुङ्ग, सर्जक गणेश रसिक, प्रा.डा. गंगाप्रसाद अधिकारी, प्रा.डा. टंक न्यौपाने, कुन्ता शर्मा, अनुराधा थापा, विक्रम सिंह, गायक तथा वरिष्ठ संगीतकार शम्भु राई, कवि मनु मञ्जिललाई अभिनन्दन गरिने श्रेष्ठले बताए ।

त्यसैगरी सल्लहकार तथा रजत महोत्सव कृति विशेषांकका सम्पादक राजेन्द्र संग्रौला, केशव आचार्य, अनिरुद्र ओली, हरिनारायण भट्टराई, पूर्व अध्यक्ष हस्त परियार, कानूनी सल्लाहकार कृष्णप्रसाद पौडेल, साहित्यकार इन्दीरा कुशुम लगायतको उपस्थिति रहने बताइएको छ ।

सोही समारोहमा कृति तयारी सम्बन्धीको जानकारी गराउँदै कृतिमा लेख, शुभकामना मन्तव्य, कविता, सर्जकहरुको फोटोसहित चार सय पेजको रहने बताइएको छ । साथै कविता वाचन प्रतियोगितामा उत्कृष्ट हुनेलाई चार विधामा पुरस्कृत गरिने तथा सो समारोहको सम्पूर्ण खर्च होटल हिकोला हेरिटेज, अनुपमा ट्राभल्सले व्यवस्थापन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here