माई खोलाको बाढीले झापा गाउँपालिकाका २५ परिवार विस्थापित

0
18

झापा ।

माई खोलामा आएको बाढीले झापा गाउँपालिकाका २५ परिवार विस्थापित भएका छन् । माई खोलाको बाढीले झापा १ को मिलन बस्तीका जम्मा ८१ परिवारमध्ये २५ परिवार विस्थापित भएका हुन् ।

दिउँसो ४ बजेदेखि हालसम्म २० परिवारका पुरुष,महिला,बालबालिका र वृद्ध वृद्धा गरी जम्मा ९२ जना विस्थापित भई वडा नं.१ को सितुमारी मनोज मित्तल प्रा.वि.मा राखिएको छ ।

बालबालिका २८ र ज्येष्ठ नागरिक २ गरी गरी ९२ जनाले सो विद्यालयमा आश्रय लिइरहेको वडा नंं १ का वडा अध्यक्ष राजकुमार यादवले जानकारी दिएका छन् । वडा नं १ मा ८१ परिवार डुबानमा परेका छन् ।

त्यस्तै वडा नं २ मा करिब सय परिवार डुबानमा परेका थिए । सुगाबथान , सडकवारि , कुवाडीलगायतका बस्ती डुबानमा परेकोमा अहिले पानी घट्दै गएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here