नेकपा एमाले सुन्दरहरैचा नगर कमिटिद्वारा बाढी पिडितलाई राहत

0
75

सुन्दरहरैचा,

एमाले मोरङ सुन्दरहरैचा शाखा कमिटीले १० नम्बर कमिटीले बाढी परेका हरुलाई राहत वितरण गरेको छ । केहि दिन देखि भएको अविरल वर्षा कारण घर डुबानमा परी समस्यामा परेकाहरुलाई राहत वितरण गरिएको हो।

नेकपा एमाले सुन्दरहरैचा शाखा कमिटीले आयोजनामा मंगलबार बाढी पिडितलाई चामल,दाल,नुन,तेल लगायतका राहत सामग्री वितरण गरिएको एमाले सुन्दरहरैचा १० का अध्यक्ष तेज गिरीले जानकारी दिए। राहत पाउनेहरुमा छिद्र बहादुर राई ,सबिना लिम्बू , इन्द्र कुमारी लिम्बु , बिष्णु कुमारी सार्की लगायत रहेका छन्।

गरिवीको रेखामुनि रहेका र मुसलधारे वर्षा बाट प्रभावित सुकुना खोला किनारमा बसोवास गर्ने गरिव जनतालाई नेकपा एमाले शाखा कमिटीको संयोजन तथा जनवर्गीय संगठनहरुको सहकार्य तथा आर्थिक सहयोगमा राहत वितरण गरिएको नगर शाखा कमिटिका सचिव मिलन राईले बताए।

राहत पाएपछि खुशी व्यक्त गर्दै बाढी पिडितहरुले स्थानीय सरकारले गर्नु पर्ने काम नगर कमिटीले गरेको भन्दै प्रसंशा समेत गरेका छन्। सधै बाढी पहिरोमा तथा अन्य बिपत्तिमा परेकाहरुको घाउमा मलम लगाउने कार्यमा नेकपा एमाले १० नम्बर कमिटि लागि पर्ने अध्यक्ष गिरीले बताए।

सोही दिन नगर कमिटिले सुन्दरहरैचाको अन्य धेरै ठाउँमा पनि राहत वितरण गरेको छ । यसअघि पनि नगर कमिटीले सयौ पटक बिपत्तिमा परेकाहरुलाई राहत वितरण गरिसकेको जनाएको छ।

उक्त राहत वितरण कार्यक्रमा एनेम संघका अध्यक्ष रबिना नेपाल,रिटर्नी फेडेरेसनका नगर अध्यक्ष तुलशी जुङग कार्की ,युवा संघ नगर अध्यक्ष सुमन वान्तवा,भुमि अधिकार तथा श्रमिक संघठन अध्यक्ष कुमार योगी, नगर सचिवालय सदस्य कमल खनाल लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here