सुन्दरहरैचामा भानु जयन्ती मनाईयो

0
42

मोरङ,

आज नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती मनाईएको छ । भानु जयन्तीको अवसरमा मोरङको सुन्दरहरैचा ५ स्थित तीनपैनीमा रहेको भानु पुस्तकालय श्रवण मुकारुङको एकल कविता र गीतहरु वाचन गरिएको छ।

भानु पुस्तकालय र नझरेका फूलहरुले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा कबि तथा गीतकार मुकारुङले आफ्नो ४/५ वटा कविता वाचन गरेका थिए। कार्यक्रमा मुकारुङलाई पुस्तकालय र नझरेका फूलहरुले नगदसहित दोसल्ला ओढार सम्मान पनि गरिएको भानु पुस्तकालयका सचिव बिसाल गुरागाईले जानकारी दिए।

कार्यक्रमा तारा पराजुली,पम्फा सहार,गायक कृष्ण राजा श्रेष्ठले गीत समेत गएका थिए। कार्यक्रममा कबि मनु मन्जील जेबी थुलुङ,जेबी घिमिरे तिला लेकाली,छबि बैरागी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण भानु पुस्तकालयका साहितिक सचिव गीता कुमार श्रेष्ठले गरेका थिए।

पुस्तकालयले हरेक बर्ष भानु जयन्तीको अवसरमा बिभिन्न कार्यक्रम गर्दै आएको छ। आदिकवि भानुभक्त आचार्यले संस्कृतका आदिकवि वाल्मीकिले रचना गरेको विश्वको प्रथम महाकाव्य रामायणलाई नेपाली सरल भाषामा अनुवाद गरेका थिए । युवा कवि मोतीराम भट्टको प्रयासमा भानुभक्तीय रामायण प्रकाशित भएपछि उक्त कृति नेपाली भाषा काव्य रचनाको माध्यम बनेको थियो ।

आदिकवि आचार्यको जन्म तनहुँ जिल्लाको चुँदी, रम्घामा वि सं १८ सय ७१ साल असार २९ गते पिता धनञ्जय आचार्य र आमा धर्मावतीदेवीका पुत्रका रुपमा भएको थियो । बाल्यकालमा आफ्ना हजुरबुवा श्रीकृष्ण आचार्यबाट संस्कृत भाषा र साहित्यको ज्ञान पाएका आचार्यले घाँसीको प्रेरणा पाएर नेपाली भाषामा रामायण अनुवाद थालेका थिए ।

उनले आफनो जीवनकालमा रामायणका साथै बधुशिक्षा, प्रश्नोत्तरी, भक्तमाला लगायतका कृतिको रचना गरेका थिए। आज नेपाल र नेपाल बाहिर बस्ने सबै नेपाली भाषीले उत्तिकै श्रद्धापूर्वक भानुजयन्ती मनाएका छन् । भारतको सिक्किम, दार्जिलिङ, असम, देहरादुनका साथै प्रवासका अन्य स्थानमा पनि भानुजयन्ती उल्लासपूर्वक मनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here