आमाको स्मृतिमा सञ्चारकर्मी निरौलाले गरे विद्यालयलाई सहयोग

0
111

सुरुङ्गा ।

आमाको स्मृतिमा सञ्चारकर्मी रामप्रसाद निरौलाले कनकाई नगरपालिका-४ कोटीहवनस्थित संस्कृत विद्यालयलाई सहयोग गरेका छन् ।

सुरुङ्गाबाट प्रकाशन भइरहेको कनकाई खबर साप्ताहिक र कनकाई खबर डट कम अनलाइनका सम्पादक रहेका रामप्रसाद निरौलाकी स्वर्गवासी माता हेमकला निरौलाको जन्मजयन्तीको स्मृतिमा कोटिहवनस्थित कनकाई गायत्री विद्यापीठको कार्यालय, कक्षाकोठा र आवासका लागि कार्पेट प्रदान गरेका हुन् ।

एक कार्यक्रम वीच पिता टीकाराम निरौला, धर्मपत्नी शान्ता निरौला, छोरा सार्थक निरौला लगायतले विद्यापीठका अध्यक्ष एवम् कनकाईधाम धार्मिक विकास संस्था कोटीहवनका सचिव यामप्रसाद खतिवडा, प्रधानाध्यापक आचार्य योगेश खतिवडा लगायतलाई हस्तान्तरण गरेका थिए ।

माता हेमकलाको २०८० साल चैत १७ मा निधन भएको थियोे । माताको निधन हुनुभन्दा दुई वर्ष अघि नै निरौला परिवारद्वारा “टीकाराम-हेमकला निरौला रोटरी उत्कृष्ट पत्रकार कोष” को स्थापना गरी सो कोषबाट आएको ब्याजबाट हरेक वर्ष झापा जिल्लाका एक जना उत्कृष्ट सञ्चारकर्मीलाई नगदसहित सम्मान गर्ने क्रम शुरुआत गरिएको थियो । सो पुरस्कारबाट अहिलेसम्म ३ जना पत्रकार सम्मानित भइसकेका छन् ।

कनकाईधाम समितिका वरिष्ठ उपाध्यक्ष निर्मलकुमार खतिवडाको अध्यक्षता, कनकाई नगरपालिका वार्ड नं. ४ का अध्यक्ष रोशन सुवेदीको प्रमुख आतिथ्य र वार्ड सदस्य शेषप्रसाद प्रसाईंको विशेष आतिथ्य रहेको कार्यक्रममा धाम समितिका धार्मिक उपाध्यक्ष प्रकाश थापा, कोषाध्यक्ष मानबहादुर पौडेल, पूर्व उपाध्यक्ष गोपाल भट्टराई, सदस्यहरु डम्बरप्रसाद फुयाल, गोपाल खरेल, सञ्चारकर्मीहरू विकास उप्रेती, प्रेमबहादुर जिम्बा लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि सुवेदीले सहकार्य गरेर विकास-निर्माणको पहल गर्न सकेमा मात्र प्रगतिको बाटोमा अघि बढ्न सकिने बताएका थिए ।

राष्ट्रगुरु योगी नरहरिनाथको सदिच्छाअनुरूप स्थापित संस्कृत विद्यापीठमा हाल ३७ विद्यार्थी अध्ययनरत छन् भने जसमध्ये १२ जना विद्यार्थी छात्रावासमा रहँदै आएका छन् ।

गुरुकुल सञ्चालनका लागि वार्षिक रूपमा २ लाख ४१ हजार रूपैयाँ स्थानीय सरकार कनकाई नगरपालिकाबाट प्राप्त हुने गरेको र कनकाईधाम संस्थाबाट चामल, ग्यास उपलब्ध गराउने र आवासमा बस्ने विद्यार्थीलाई खाना पकाउन भान्सेको पारिश्रमिक दिने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामप्रसाद खतिवडाले जानकारी दिए ।

अध्यक्ष खतिवडाले आवासमा बस्ने विद्यार्थीका लागि केही महिनाअघि समाजसेवीहरू कुलप्रसाद घिमिरेबाट १ थान मिक्स्चर, विजय गजुरेलबाट १ थान फ्रिज र चन्द्र अधिकारीबाट ३ थान फ्यान सहयोग प्राप्त भएको जानकारी दिए । महासचिव दिननाथ खतिवडाले सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here