एक्सेल बैंकको १८ औं सभा

0
15

बिर्तामोड,

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको अठारांै वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले बैंकको २०७९/०८० को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा भएको सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले गरेका थिए । कार्यक्रममा बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा ११ अर्व ४१ करोड रहेको र निक्षेप संकलन १४ अर्व ७१ करोडको हाराहारीमा रहेको बताइएको छ ।

बैंकका सञ्चालक राजन शर्माले स्वागत गरेको कार्यक्रममा धन्यवाद सञ्चालक पर्शुराम दाहालले ज्ञापन गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेलले बैंकका वर्तमान गतिविधिहरुको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा संस्थापक शेयरधनी डा. रुपकप्रसाद खनाल र सुरेश कुमार अग्रवाल लगाायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रादेशिक बैंकको रुपमा झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकको कार्यक्षेत्र कोशी प्रदेश रहेकोमा झापा, इलाम, मोरङ, पाँचथर, सुनसरी र उदयपुरका विभिन्न ४५ स्थानमा अवस्थित आफ्ना कार्यालयहरु मार्फत ग्राहकहक समक्ष बैंकिङ सेवा प्रदान गरिरहेको कार्यक्रममा जानकारी दिइयो ।

त्यस्तै संखुवासभाको खाँदवारी र धनकुटाको धनकुटा बजारमा शाखा सञ्चालनका लागि साजसजावटको कार्य भइरहेको र आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लाहरुमा समेत शाखा विस्तार गर्दै लैजाने नीति बैंकले लिएको जनाइएको छ । कार्यक्रम सञ्चालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here