बिर्तामोड ।
कुवेतमा वैदेशिक रोजगारीका क्रममा सडक दुर्घटनामा परी एक नेपाली महिलाको निधन भएको छ ।
बिर्तामोड नगरपालिका–९ घर भएकी २६ वर्षीया जलिना तामाङको कुवेतको मंगाफ क्षेत्रमा बिहीबार सडक दुर्घटनामा परी निधन भएको हो ।
उनलाई बाटो काट्ने क्रममा कारले ठक्कर दिएको पारिवारिक स्रोतले जनाएको छ ।
अल–जाजिरा कम्पनीमा कार्यरत उनी चार महिनाअघि कुवेत पुगेकी थिइन् ।
उनको एक छोरी र श्रीमान रहेको पारिवारिक स्रोतले जनाएको छ ।