सिमलताल दुर्घटनाः १७ शव फेला, नौको पहिचान

0
4
काठमाडौँ, 
 चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये अहिलेसम्म १७ शव फेला परेका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरी बल नेपालकानुसार तीमध्ये नौ जनाको सनाखत भइसकेको र बाँकी आठ जानाको सनाखत हुन बाँकी छ ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले आजसम्म १७ जनाको शव फेला परेका र बाँकीको खोजीकार्य जारी रहेको जानकारी दिनुभयो । “भारतका ऋषिपल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमितकुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदीप विक, रौतहटका फिरोज राहुपमिया, बराका परमानन्द पण्डित र चन्द्रनिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ”, उहाँले भन्नुभयो, “यसैगरी अन्य छ जना पुरुष र दुई महिलाको सनाखत हुन बाँकी छ ।”
गत शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ नारायणगढ मुगग्लिङ सडकखण्डको सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नं को एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नं को गणपति डिलक्स बस पहिरोले बगाएर  त्रिशूली नदीमा खसेको थियो । एञ्जल डिलक्समा ३८ जना र  गणपति डिलक्समा २७ जना यात्रु रहेका थिए ।
बसमा सवार रौतहटका नन्दन दास, जुगेश्वर यादव र सरोजकुमार गुप्ता भने हाम फालेर ज्यान जोगाउन सफल हुनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here