गौरादहमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

0
16

गौरादह,

झापाको गौरादहमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

मंगलबार साँझ ७:१० बजे गौरादह नगरपालिका-१ सितापुरी चोकस्थित भित्री सडक खण्डमा रङ्गपुरबाट सितापुरीतर्फ जाँदै गरेको बा ७० प १८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ६ प ५८१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा बा ७० प १८१ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका ५ का २४ वर्षीय सन्जोक भण्डारी र मे ६ प ५८१ नम्बरको मोटरसाइकल चालक गौरादह नगरपालिका- १ का अन्दाजी वर्ष २८ का दुर्गा ताजपुरीया घाइते भएका थिए ।

दुवै जनालाई उपचारका लागि निम्स अस्पताल दमक लगिएकोमा उपचारको क्रममा भण्डारीलाई साँझ साढे ७ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

अर्का मोटरसाइकल चालक ताजपुरीयालाई थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड रेफर गरिएको र उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here