लोकतान्त्रिक साना होटल ब्यवसायी संघले स्थापना दिवस मनायो

0
39

झापा ।

नेपाल लोकतान्त्रिक साना होटल ब्यवसायी संघले आफ्नो दोस्रो स्थापना दिवस स्थापना दिवस मनाएको छ । नेपाली कांग्रेस निकट साना होटल ब्यवसायी संघले कांग्रेससंग ब्यवसायी, ब्यवसायीसंग कांग्रेस नाराका साथ बुधबार दिवस मनाएको हो ।

होटल ब्यवसायीहरुले मानव सेवाका क्षेत्रमा अतुलनिय योग्दान दिएको भन्दै काठमाण्डौं महानगरपालिका–२६ मा रहेको मानव सेवा आश्रममा लोकतान्त्रिक साना होटल ब्यवसायी संघले आफ्नो स्थापना दिवस मनाएको हो । लोकतान्त्रिक साना होटल ब्यवसायी संघका केन्द्रिय अध्यक्ष लीलाप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कांग्रेस केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले लोकतान्त्रिक साना होटल ब्यवसायी संघले मानव सेवाको क्षेत्रमा पु¥याएको योग्दानको प्रशंसा गरे ।

उनले भने– होटल ब्यवसायीहरुले होटलमै केट काटेर भव्य कार्यक्रम गर्न सक्थे तर, मानव सेवालाई पहिलो प्राथमिकता दिएर आश्रममा कार्यक्रम गर्नु उदाहरणीय कार्य हो । प्रमुख अतिथी शिवाकोटीले लोकतान्त्रिक साना होटल ब्यवसायी संघले अहिलेसम्म गरेको कामको प्रशंसा गर्दै मानव सेवाका क्षेत्रमा अझ धेरै काम गर्न शुभकामना दिए ।

कार्यक्रममा काठमाण्डौं महानगरपालिका–२६ का वडाध्यक्ष खेमराज तिवारीले लोकतान्त्रिक साना होटल ब्यवसायी संघले स्थापना दिवसका अवसरमा मानव सेवाका क्षेत्रमा गरेको कामको प्रशंसा गरे ।

स्थापना दिवसमा अवसमा लोकतान्त्रिक साना होटल ब्यवसायी संघले गेको कामको बारेमा बोल्दै केन्द्रिय अध्यक्ष ढकालले अब हरेक कांग्रेस नेता तथा कार्यकताहरुले यस्ता सेवा मुलक कार्यमा काम गर्नुपर्ने विचार ब्यक्त गरे । उनले मानव सेवा आश्रम मात्र नभई देशभर रहेका वृद्धाश्रम तथा बालआश्रममा कार्यक्रम गर्दै मानव सेवाका क्षेत्रमा सबैलाई अभिप्रेरित गर्नुपर्ने उल्लेख गरे । उनले लोकतान्त्रिक साना होटल ब्यवसायी संघले हालसम्म गरेका कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

मानव सेवा आश्रमले स्वागत गरेको कार्यक्रमको सञ्चालन लोकतान्त्रिक साना होटल ब्यवसायी संघका महासचिव खिमानन्द बस्यालले गरेका थिए । कार्यक्रममा लोकतान्त्रिक साना होटल ब्यवसायी संघका पदाधिकारी, सदस्य तथा कांग्रेस नेता तथा कार्यकताहरुको उल्लेख्य सहभागिता रहेको थियो । सोही अवसरमा मानव सेवा आश्रममा रहेका आमा–बुबाहरुलाई खाना खुवाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here