धमलामाथि आक्रमण गर्ने सात जना सार्वजनिक

0
3

मोरङ ।

सुनसरीको धरानकी संजिता धमलालाई सार्वजनिक स्थलमा आक्रमण गर्ने सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

धरानस्थित वी।पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न एक्सरेको लाइनमा बसिरहेको अवस्थामा धमलालाई सात जना महिलाको समूहले आक्रमण गरेको थियो ।

आक्रमणकारीहरुलाई सात दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको सुनसरीका प्रहरी प्रवक्ता एवं डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

बुधबार दिउँसो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेडियोलोजी विभागमा एक्स रे गर्न गएकी धमलालाई महिलाहरूको हुलले आक्रमण गरेको थियो । धरानको भानुचोकमा पक्राउहरुलाई बिना शर्त रिहाईको माग गर्दै स्वातन्त्र नागरिक समाजले आन्दोलन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here