बिर्तासिटीमा पिडियाट्रिक एन्डोक्राइनोलजी सेवा

0
1

झापा ।

बालबालिकाको हर्मोनका कारण देखा पर्ने विभिन्न समस्याहरुको पहिचान गर्दै उपचार गर्ने विशेषज्ञ डा. हुन् ज्योति अग्रवाल ।

उनी बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालमा कार्यरत छिन् । पिडियाट्रिक एन्डोक्राइनोलजीमा फेलोसिप गरेकी उनी पूर्वमा कार्यरत एक मात्र चिकित्सक हुन् । साउथ इस्ट एसिया पिडियाट्रिक एशोसिएसनको हालै सम्पन्न सेमिनारको नेतृत्व उनकै अगुवाइमा भएको थियो । विभिन्न ६ वटा देशका पिडियाट्रिक विशेषज्ञ डाक्टरहरुले सेमिनारमा सहभागिता जनाएका थिए ।

भारत, बंगलादेश, श्रीलङ्का, पाकिस्तान जस्ता देशहरुमा पछिल्लो समय बालबालिकामा कस्ता समस्या देखापरिरहेका छन् र नेपालमा रहेका बालबालिकामा कस्ता–कस्ता समस्या देखिएको र उनीहरुको उपचार कसरी गर्ने भन्ने विषयमा छलफल भएको डा. अग्रवालले बताइन् । हाल बालबालिकामा पिडियाट्रिक डाइबेटिज र पिडियाट्रिक थाइराइडको समस्या बढेर गएको डा. अग्रवालको भनाइ छ ।

कतिपय बालबालिकामा पिडियाट्रिक डाइवेटिज र पिडियाट्रिक थाइराइड गर्भावस्थाबाट नै शुरु हुने उनको भनाइ छ । कतिपय बालबालिकामा थाइराइडको ग्रन्थी नै नहुने र कतिपय बालबालिकामा भएको ग्रन्थीले पनि काम नगर्ने अवस्थाका विरामी उपचारका लागि अस्पतालमा आउने गरेको उनको भनाइ छ ।

जंघफुड, प्याकेडका तयारी खानेकुरा , मोवाइल, टिभी र ग्याजेटको बढी प्रयोगका कारण पनि बालबालिकामा यस्तो समस्या हुने गरेको डा. अग्रवाल बताउँछिन् । जसका कारण बालबालिकामा मोटोपन बढेर जाने र टाइप टु डाइवेटिज, थाइराइडको समस्या हुने गरेको उनको भनाइ छ ।

कतिपय आमाहरुले बच्चा जन्मिएपछि राम्रोसँंग स्तनपान नगराउँदा समेत यस्ताखाले समस्याहरु देखापर्ने गरेको डा.अग्रवालले बताइन् । उनले नवजात शिशुलाई राम्रोसँंग स्तनपान गराउन आमहरुलाई सुझाव समेत दिइन् ।

हाल बिर्तासिटी अस्पतालमा डा. अग्रवालकै नेतृत्वमा टाइप वान, टाइप टू डाइवेटिज, थाइराइडको उपचार भइरहेको छ । यसका साथै पिडियाट्रिक एन्डोक्राइनोलजी अन्तरगत नै पर्ने हर्माेनल डिस्ब्यालेन्सका कारण बालबालिकामा देखा पर्ने होचोपन, अस्वभाविक अग्लोपनको समेत उपचार भइरहेको डा. अग्रवालले बताइन् ।

बालबालिकामा तत्वको फेरबदलले गर्दा पनि विभिन्न खाले समस्या देखा पर्ने गरेको उनको भनाइ छ । सोडियम, पोटासियम, क्याल्सियमको फेरवदलले समेत यस्ताखाले समस्या हुने गरेको उनको भनाइ छ ।

बालिकाहरुमा हर्माेनल समस्याका कारण समयभन्दा अगाबै शरीरमा रौ पलाउने, छाती ठूलो हुने, समय नपुगी महिनावारी हुने जस्ता समस्या समेत आउने गरेको उनको भनाइ छ । यस्ता बालवालिकाको समेत बिर्तासिटीमा उपचार हुने गरेको डा. अग्रवाल बताउँछिन् । यस्ता समस्या बालबालिकामा देखा परे तत्काल पिडियाट्रिक एन्डोक्राइनोलजीष्टलाई देखाउनु पर्ने उनको सुझाव छ ।

बिर्तासिटी अस्पतालसहित काठमाडौंस्थित कान्तिबाल अस्पताल र बुटवलमा मात्रै यो सेवा रहेको उनको भनाइ छ । नेपालमा हाल पिडियाट्रिक एन्डोक्राइनोलजी डा.४/५ जना मात्र रहेको उनले बताइन् ।

डाइवेटिज हुने बालबालिका दुब्लाउँदै जाने, पानी धेरै खान खोज्ने, खाना धेरै खाँदा समेत नमोटाउने, छिन–छिनमा भोकाउने जस्ता लक्ष्यण देखा पर्ने र थाइराइड हुँदा कोही बालबालिका मोटाउने र कोही दुब्लाउँदै जाने डा. अग्रवालले बताइन् । बालवालिकामा यस्ता समस्या देखा परे तत्काल चिकित्सकसंँग परामर्श लिन उनको सुझाव छ ।

थाइराइड हुने धेरैजसो बालवालिका मोटाउँदै जाने, सुस्त हुने, छिट्टै थाक्ने गर्छन् डा. ज्योतिले भनिन् – कतिपय बालवालिकामा भने बच्चा आत्तिने, रिसाउने, झाडापखाला लागिरहने, धेरै गर्मी महसुस गर्ने समस्या देखा पर्ने गरेको छ ।

को हो पिडियाट्रिक एन्डोक्राइनोलजी ?

पिडियाट्रिक एन्डोक्राइनोलजी एक विशेष चिकित्सा क्षेत्र हो । जसले बालबालिहरुमा हार्मोनल विकारहरूमा ध्यान केन्द्रित गर्दछ । यस अनुशासनमा एन्डोक्रिनोलोजिस्टहरूले हर्मोन–सम्बन्धित अवस्थाहरूको विस्तृत अध्ययन गर्दै निदान र उपचार गर्छन् ।

जस्तै बालबालिकाहरुमा देखा पर्ने मधुमेह, थाइराइड असन्तुलित हार्मोनल समस्या, किशोरावस्थामा देखापर्ने वृद्धि विकास सम्वन्धि समस्याका क्षेत्रमा काम गर्छन् ।

पिडियाट्रिक एन्डोक्राइनोलजीले बालबालिकाको कसरी उपचार गर्छन् ?

इन्सुलिन थेरापी ः टाइप वान मधुमेह भएका बालबालिकाका लागि इन्सुलिन चाहिन्छ । जसका कारण टाइप टु डाइबेटिज हुनबाट रोक्छ । यस्ता बिरामीले जीवनशैली परिवर्तन गर्न आवश्यक रहेको उनको भनाइ छ । नियमित व्यायाम र सन्तुलित भोजन गर्नु पर्ने उनको सुझाव छ ।

त्यस्तै ग्रोथ हार्मोनको कमी भएका बच्चाहरूले सामान्य वृद्धि र विकासमा मद्दत गर्न ग्रोथ हार्मोन थेरापी गर्दा बालवालिकाले सिंथेटिक ग्रोथ हार्मोन प्राप्त गर्ने उनको भनाइ छ ।

थाइरोइड हार्मोन प्रतिस्थापनका कारण थाइराइडको उचित कार्य सुनिश्चित गर्दै, थाइराइड हर्मोन प्रतिस्थापन औषधिसँंग हाइपोथाइराइडिज्म जस्तै हार्मोन असंतुलनको व्यवस्थापन गर्ने गरिएको उनको भनाइ छ ।

मोटोपना देखिएका बच्चाहरुले नियमित व्यायाम गर्नु पर्ने, सन्तुलित भोजन गर्नु पर्ने उनको सुझाव छ । बालबालिकाका अभिभावकहरुले बालबालिकालाई विषेश निगरानीमा राख्नु पर्ने र खानपानमा ध्यान दिन जरुरी रहेको उनले बताइन् ।

को हुन् पिडियाट्रिक एन्डोक्राइनोलजी डा. ज्योति अग्रवाल

पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालमा कार्यरत पिडियाट्रिक एन्डोक्राइनोलजी डा. ज्योति अग्रवाल पूर्बमा कार्यरत एक मात्र बालरोग विशेषज्ञ हुन् । पिडियाट्रिक एन्डोक्राइनोलजी एक विशेष चिकित्सा क्षेत्र हो ।

उनले पिडियाट्रिक डाइबेटिजमा जापानबाट स्पेशल टे«निङ लिएकी छन् भने ग्रो सोसाइटी अन्तर्गत पिडियाट्रिक एन्डोक्राइनोलजीमा दुई वर्षे फेलोसिप कानपुर भारतबाट गरेकी छन् ।

नेपाल मेडिकल कलेजबाट एमबीबीएस् गरेकी डा. आग्रवालले एमडी पिडियाट्रिक बीपी कोइराला धरानबाट गरेकी हुन् । सन् २०१२ मा एमडी गरेकी डा. अग्रवालले धरानमै सह–प्राध्यापकका रुपमा दश वर्ष काम गरेकी छिन् । उनले सोही समयमा पिडियाट्रिक एन्डोक्राइनोलजीमा फेलोसिप गरेकी हुन् । उनी हाल दुई वर्षदेखि पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालमा कार्यरत छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here