मोरङ र सुनसरीका चार जना लागूऔषध कारोबारी पक्राउ

0
2

योगेन्द्र योगी,
मोरङ ।

मोरङ र सुनसरीको विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका-१५ सुडि टोल स्थितमा लागूऔषध गाँजाको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले स्थानिय ६८ बर्षीय रघुनाथ साह र विराटनगर–१३ का १९ बर्षीय आनन्द कोईरीलाई ५०० ग्राम गाँजा र नगद १० हजार ७ सय सहित नियन्त्रणमा लिएको हो ।

यसका साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले विराटनगर(९ स्थितबाट प्र १–०२–०४७ प ४४६५ नम्बरको मोटरसाईकल चालक धनकुटाको सहिदभुमी गाउँपालिका–७ का ३८ बर्षीय जीवन राईलाई १९ किलोग्राम गाँजा सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ स्थितबाट इटहरी उप-महानगरपालिका–१९ अमाह टोलका २८ बर्षीय रितेश चौधरीलाई दुई ग्राम ब्राउनसुगर र नाइट्राजेपाम ट्याब्लेट–२२ थान सहित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

लागूऔषधसहित पक्राउ परेका चारै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here