योग मार्फत गुरुको सम्झना

0
1

कमल ।

आषाढ शुक्लपक्षको पूर्णिमालाई गुरुपूर्णिमा भनिन्छ ।

आफ्ना प्रथम गुरुहरू (माता–पिता), गायत्रीमन्त्र दिने गुरु, दीक्षामन्त्र दिने गुरु, वेदादि शास्त्र पढाई यो लोक र परलोकको सही शिक्षा दिने गुरु र आफूले पढेका विद्यालय विश्वविद्यालयका सम्पूर्ण गुरुहरूलाई नमन र पूजन का साथै कृतज्ञता ज्ञापन गर्दै आशीर्वाद लिने मुख्य पर्वका रूपमा गुरुपूर्णिमा मनाईन्छ ।

हिन्दु धर्मशास्त्रहरूमा माता, पिता र ज्ञानदाता गुरुको तुलनामा अन्य पूज्य कोही हुँदैनन् भनी उल्लेख गरिएको छ । यसैगरी महिलाहरूका लागि माता, पिता र पति मुख्य गुरु हुन् भनी समेत बताइएको छ ।

ध्यानको जरा आध्यात्मिक गुरुको मूर्ति हो, र पूजाको जरा आध्यात्मिक गुरुको निवास हो। मन्त्रको मूल आध्यात्मिक गुरुको वचन हो, र मुक्तिको मूल आध्यात्मिक गुरुको कृपा हो।गुरु को हो, गुरु तत्व ?

गुरु शब्द दुई वटा अक्षर मिलेर बनेको छ । ’गु’को अर्थ अन्धकार र ’रु’को अर्थ हो– प्रकाश , त्यसैले अँध्यारो बाट प्रकाश तर्फ लाने मुख्य व्याक्ति भनेकै गुरु भएकोले समेत आज गुरुलाई विशेष सम्झिदै मनाउने गरिन्छ ।

त्यसैले आषाढ शुल्कपक्षको पुर्णिमालाई नेपाल भारत लगाएर विश्वभरका हिन्दू धर्मसंम्बधी समुदायहरूमा महत्वपूर्ण पर्वको रुपमा मनाउने गरिन्छ । यसक्रममा आज पतन्जलि योग समिती झापाले विभिन्न कार्यक्रम गरेर गुरुपूर्णिमा मनाएको छ ।

समितीले आज विहान जिल्लाभरिका एक सय भन्दा बढी योग सेन्टरमा नियमित कक्षा सञ्चालन गर्नुका साथै हवन तथा गुरुलाई सम्मान गरेर गुरु पुर्णिमा मनाएको पतन्जलि योग समिती झापाका अध्यक्ष देबीप्रसाद घिमिरेले बताउनुभयो ।

गुरु बिनाको जिवन सफल हुदैन । हाम्रो जीवनको पहिलो गुरु भनेको बुवाआमा र त्यस पछि शिक्षादिक्षा दिने गुरु भएकोले वहाँहरुलाई सम्मान गर्ने विशेष दिन भनेकै गुरुपूर्णि हो । आज हामी गुरुकै आशिर्वादले अवस्थामा आईपुग्नका छौं । त्यसैले सबैले गुरुलाई सम्मान गर्नु पर्ने पतन्जलि योग समिती कोशी प्रदेशका महामन्त्री लक्ष्मिप्रसाद काफ्लेले बताउनुभयो ।

पतन्जली योग कमल गाउँ समितीले समेत दैनिक योग अभ्यास गर्नुका साथै गुरुलाई सम्मान र हवन र नृत्य गर्दै गुरुपूर्णिमा मनाएको समितिका अध्यक्ष त्रिलोचन गौतमले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here