मोरङ रेडक्रसद्वारा उद्धार सामग्री हस्तान्तरण

0
2

मोरङ,

नेपाल रेडक्रस सोसाइटी मोरङले जहदा गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल ३ नं हेड क्वाटर बूढीगङ्गालाई दुई थान रबर बोटलगायतका उद्धार सामग्री हस्तान्तरण गरेको छ ।

मोरङको कटहरी गाउँपालिकास्थित गोपाल फन पार्कमा आज आयोजित एक समारोहबीच रेडक्रसका मोरङ अध्यक्ष सुवोधकुमार सिंहले जहदा गाउँपालिकाका अध्यक्ष जीतेन्द्रप्रसाद साह र सशस्त्र प्रहरी बलका प्रहरी नायब प्रहरी उपरीक्षक वीरेन्द्र खनाललाई रु ३० लाख मूल्यका १२ वटा उद्धार सामग्री हस्तान्तरण गर्नुभयो ।

मोरङको केराबारी गाउँपालिकादेखि जहदा गाउँपालिकाकासम्मका आठ पालिकाका नागरिकलाई बाढीको समयमा उद्धार गर्न उक्त सामग्री उपयोगी हुने बताइएको छ । जहदा गाउँपालिकाका प्रमुख साहले पालिकाको १,२ र ७ वडामा लोहन्द्रा, सिङ्घीया र भारतको नदीबाट बाढी आउने हुनाले उद्धारमा सामग्री उपयोगी हुने बताउनुभयो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साह, रेडक्रस सोसाइटीका मोरङ अध्यक्ष सिंह र सञ्जय कामतले विपद्मा उद्धार सागम्रीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा पालिकाका कर्मचारीलाई रबर बोट सञ्चालनसम्बन्धी तालिम तथा अभ्यास गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here