प्रधानमन्त्री ओलीले मङ्गलबार विशेष निर्देशन दिनुहुने

0
23
काठमाडौँ,
प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न सङ्घीय मन्त्रालयको कार्यप्रगतिबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रालयका सचिवहरुसँग कार्यप्रगति र भावी कार्ययोजनाबारे जानकारी लिनुभएको प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुष्करले जानकारी दिनुभयो ।
उहाँका अनुसार सचिवहरुले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिनुभएको थियो । ओलीले प्रधानमन्त्री भएपछि पहिलो पटक यसप्रकारको बैठक बोलाउनुभएको हो ।
त्यस अवसरमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । आज दिन ११ः३० बजे सुरु भएको बैठक साँझ ५ः३० बजेसम्म चलेको थियो । प्रधानमन्त्री ओलीले उक्त प्रस्तुतिकरणमाथि आगामी मङ्गलबारको बैठकमा विशेष निर्देशन दिनुहुने कार्यक्रम तय भएको जनाइएको छ ।
बैठकपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत मङ्गलबार फेरि छलफल हुने बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, “नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई अगाडि बढाउन के-के समस्या छन्, कसरी काम गर्न सकिन्छ भन्ने विषयमा सचिवज्यूहरुले आ–आफ्ना मन्त्रालयको स्थितिबारे विस्तृतमा खुलेरै कुरा राख्नुभयो । भनिन्छ– समस्याको सही पहिचान नै आधा समाधान हो । अब भोलिको एक दिन हामीले सोच्ने समय लिएका छौँ र मङ्गलबार फेरि छलफल गरेर काम अगाडि बढाउने विषयमा निर्णय लिन्छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here