विश्व तेक्वान्दो हान्मादाङमा प्रेम लिम्बूलाई रजत पदक

1
54

मोरङ,

दक्षिण एसियली खेलकुद सागका कास्य पदक बिजेता प्रेम बहादुर लिम्बूले विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा रजत पदक जित्न सफल भएका छन। दक्षिण कोरियाको मुङयीयोङमा भएको प्रतियोगितामा लिम्बुले ब्यक्तिगत पुम्से बिधामा रजत पदक जित्न सफल भएका हुन ।

उनको खेलको क्रममा कोच बसेका युएईमा रहेर तेक्वान्दो प्रशिक्षण गराई रहेका तेक्वान्दो प्रशिक्षक जगन अधिकारीका अनुसार उनले पहिलो खेलमा युएसएका माइकललाई ८-७ अंकले पछी पार्दै हराएका उनले, दोस्रो खेलमा कोरियाका ट्याइलरलाई ८.१६६ – ७.६८३ अंकले हराउदै क्वाटर फाईनल प्रवेस गरेका उनले क्वाटर फाईनलमा एलेक्सिसलाई ७.७४९ – ७.१४९ अंकले हराउदै सेमिफाइनल प्रवेश गरेका थिए।

त्यसैगरी सेमिफाइनलमा जोवनलाई ७.९६६ – ७.७६६ अंकले हराउदै फाइनल सम्म पुगेका थिए। फाइनलमा मेक्सिकोका खेलाडी योन सियोक संग ७.८९९ – ८.०९९ को झिनो अंकले पछी पर्दै रजत पदक मै चित्त बुझाउनु पर्यो। ५५ राष्ट्रका ४५०० खेलाडिहरुको सहभागिता रहेको प्रतियोगिता २६ जुलाई देखी ३० जुलाई सम्म चल्नेछ। यस अघी उनले दक्षिण कोरियाको सङनाममा सम्पन्न खुला अन्तर्राष्ट्रिय सङनाम तेक्वान्दो प्रतियोगिता २०२४ मा पनि रजत पदक जित्न सफल भएका थिए।

नेपालका लागी कोरियन प्रशिक्षक योङदल क्वान संग प्रत्यक्ष निगरानिमा खेलीरहेका प्रेमले बिभिन्न अन्तराष्ट्रिय खेलहरुमा सहभागिता जनाएर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय १ दर्जन भन्दा धेरै पदकहरु जितेका उनले रेफ्रि तथा प्रशिक्षकको तालिमहरु समेत लिएका छन।

२०७३ देखी नेपाल पुलीस क्लबमा आबध्द भएर तेक्वान्दो खेल्दै आएका उनले ८ औं र ९औं राष्ट्रिय गेममा स्वर्ण पदक, १९औं एसियन गेममा ५औं, एसियाली तेक्वान्दो हनमाडाङ च्याम्पियनसिप इन्डोनेसियामा कास्य पदक, माफिया अन्तर्राष्ट्रिय च्याम्पियनसिप थाइल्याण्डमा स्वर्ण पदक, शिनसुङ विश्वविद्यालय दक्षिण कोरियामा स्वर्ण पदक र ११ औँ सेङनाम अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप रजत पदक जिती सकेका छन ।

२०२६ मा हुन लागेको २० औ एसियन गेमको लागी बन्द प्रशिक्षणमा रहेर त्यसको लागी तयारी गरिरहेका लिम्बु प्रतियोगिता सम्पन्न भए पस्चात अगस्ट ३ तारिक नेपाल फर्कने छन्।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here