झापामा ६४ जना भारतीय लागूऔषध कारोबारी पक्राउ

0
130
  • खुल्ला सिमाना सुरक्षा चुनौति बन्दै
  • लागूऔषधसहित साना हतियारको जोखिम

नरेन्द्र ढकाल, बिर्तामोड ।

लागूऔषध कारोबारीलाई पक्राउ गर्न खोज्ने क्रममा झापामा गत बैशाख १७ गते प्रहरीले गोली प्रहार गरेर एक जनालााई पक्राउ गर्न सफल भयो । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले झापा गाउँपालिका–६ कामाटोलीमा गोली प्रहार गरेर भारतीय नागरिक अब्दुल सरिफुललाई पक्राउ गरेको थियो ।

घरभित्रैबाट पक्राउ गर्न खोज्दा खुकुरीले प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि गोली प्रहार गरेर समातिएको दाबी प्रहरीको छ । उनको साथबाट ११६ ग्राम खैरो हेराइन प्रहरीले बरामद गरेको थियो । उनी झापामा खैरो हेरोइन बेच्ने मुख्य कारोबारी रहेको दाबी प्रहरीको छ । उनलाई खुट्टामा गोली हानेर नियन्त्रणमा लिइएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण चन्दका अनुसार मियाँले प्रहरी माथि आक्रमण गर्न खोजे लगत्तै नियन्त्रणमा लिनका लागि गोली प्रहार गर्नुपरेको हो । पक्राउ गर्न खोज्ने क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि सुरुमा पाँच राउन्ड हवाई फायर गरिएको, तैपनि प्रहरीमाथि आक्रमण भएपछि एक राउन्ड गोली प्रहार गरी कारोबारीलाई पक्राउ गरिएको थियो । पक्राउ परेका कारोबारीबाट खैरो हेरोइन र एक थान खुकुरी समेत बरामद भएको प्रहरीले जनाएको छ ।

यो त भारतीय कारोबारी पक्राउ परेको एक घटना मात्र हो । गत तीन वर्षको अवधिमा झापामा भारतीय ६४ जना भारतीय नागरिक पक्राउ परेका छन्. । हालसम्म तेस्रो देशका नागरिक पक्राउ नपरे पनि झापामा कारोबार गर्ने भारतीयहरु भने प्रहरीको फन्दामा पर्ने गरेका हुन् ।

१४४ दशमलव २ किलोमिटर खुल्ला सिमाना रहेको झापामा प्रहरी एक्लैले यति धेरै भारतीय कारोबाारीलाई पक्राउ गर्न सफल हुनु भनेको प्रहरीको सक्रियता बुझनु पर्ने प्रहरी प्रवक्ता चन्दको भनााई छ । पूर्वाञ्चलसंग कुरा गर्दै डीएसपी चन्दले भने– भारतबाट नेपालमा कारोबार गर्दै भारतीय कारोबारीले काठमाण्डौं लगायतका विभिन्न स्थानमा लागूऔषध विक्रि गर्नका लागि लैजाने गर्छन् । त्यसलाई नियन्त्रण गर्दै लागूऔषध कारोबारी तथा प्रयोग कर्ता पक्राउ गर्न झाापा प्रहरीले सिमा क्षेत्रमा नै विशेष निगरानी गर्ने गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा १८ जना पुरुष र दुई जना महिला पक्राउ परे । उनीहरुको साथबाट ११ ग्राम अफिम दुई सय ३८ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर तथा विभिन्न प्रतिबन्धित लागूऔषधीहरु समेत बरामद गरेको थियो । लागूऔषध अफिमसहित कारोबारी पक्राउ परेसंगै प्रहरीले सिमा क्षेत्रमा निगरानी बढाएको थियो । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा १४ जना पुरुष र तीन जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त समयमा प्रहरीले तीन सय ३५ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

गत आार्थिक वर्ष २०८०/८१ मा २३ जना पुरुष र चार जना महिलालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता चन्दले जानकारी दिए । उक्त अवधिमा पाँच सय ५१ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर बरामद गर्न प्रहरी सफल बन्यो । गत आार्थिक वर्षमा नै लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली नै चलाउनु परेको थियो । तीन वर्षको अवधिमा नौ जना महिलासहित ६४ जना भारतीय कारोबारीलाई प्रहरीले झापाका विभिन्न स्थानबाट पक्राउ गर्न सफल बनेको हो ।

भारतीयको मुख्य ग्रहाक नेपाली

खुल्ला सिमानाको फाइदा उठाउदै भारतीय कारोबारीले नेपाली कारोबारी तथा प्रयोग कर्तालाई आफ्नो ग्राहक बनाउने गरेका छन् ।

भारतमा सस्तो दरमा पाइने लागूऔषधलाई उनीहरुले विभिन्न माध्यमबाट नेपालमा प्रवेश गरेर विक्री वितरण गर्ने गरेको प्रहरी स्रोतको दाबी छ । भारतमा भन्दा दोब्बर मुल्यमा नेपालमा बिक्ने भएकाले भारतीय कारोबारीले नेपालीलाई लक्षित गरेर लागू औषाधको धन्दा चलाइरहेका छन् । तर यो कुरा भारतीय सुरक्षा निकाय स्विकार गर्दैन् ।

भारतीय सिमा क्षेत्रका विभिन्न राज्यहरुले नेपालीलाई खुलेआम रुपमा लागूऔषध बेच्न दिए पनि यो विषयमा हाल सम्म सरकारले भारतीय पक्षसंग कुरा उठाउन सकेको छैन् । प्रहरीका अनुसन्धान निकायले यो विषयमा सरकारलाई जानकारी गराइसके पनि भारतसंग नेपालले र्दबिलो कुरा राख्न सकेको छैन् ।

सुरक्षाको जोखिम उस्तै

लागू औषध कारोबार गर्दै अपराधमा संलग्नहरुले नेपालमा साना हतियार भित्र्याउन सक्ने जोखिम बढेको छ । झापाको १४४ दशमलव २ किलोमिटर क्षेत्रफल खुल्ला सिमाना रहेको छ । सिमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी, शान्ति सुरक्षाको जिम्मा पाएको जनपथ प्रहरीको जनशक्तिले सबै क्षेत्रमा निगराानी गर्ने सम्भावना अत्यन्त न्यून रहेको छ । राज्यले यस्तो जोखिम क्षेत्रको मुल्याङकन गर्दै सुरक्षा रणनीतिहरु बदल्न जरुरी रहेको सुरक्षा क्षेत्रका जानकारहरु बताउँछन् ।

सहज रुपमा भारतीय कारोबारीहरुले लागूऔषध भित्र्याउने गरेकाले उनीहरुले साना हतियार नभित्र्यिाउलान भन्न सक्ने अवस्था नरहेको प्रहरीको भनाई छ । सबै क्षेत्रका जोखिम तथा अपराध नियन्त्रणका लागि प्रहरीले काम गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता चन्दले बताए । उनले भने– खुल्ला सिमानाको फााइदा उठाउँदै भारतमा अपराध गरेर नेपाल आउने र नेपालमा अपराध गरेर भारतमा गएर लुक्ने प्रवृत्ति छ । यसलाई नियन्त्रण गर्न प्रहरी लागि परेको छ । अपराध गर्ने जहाँ गएपनि कानुनी दायरामा ल्याउन प्रहरीले काम गरिरहेको छ ।

सचेतना जनाउन सक्रिय प्रहरी

लागू औषध कारोबारीका कारण एउटा व्यक्ति मात्रै नभएर सिंगो परिवार, गाउँ, समाज नै विग्रहको स्थितीमा आउने, आर्थिक अवस्था नाजुक हुने, चोरी, लुटपाटका घटनाहरु समेत लागू औषधमा जोडिएका ड्रग्सविरुद्ध प्रहरी निर्मम रुपमा उत्रनुपर्ने स्थिति आएको छ । गृहमन्त्रालयको तथ्यांक अनुसार नेपालभर करिब एक लाख ३० हजार लागू औषध प्रयोगकर्ता छन् । कोशी प्रदेशका सबैभन्दा धेरै झापा, मोरङ र सुनसरीमा लागूऔषध प्रयोग कर्ता रहेका छन् ।

लाागू औषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्याालय झापाले विभिन्न सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गरिरहेको प्रहरी प्रवक्ता चन्दको भनाई छ । उनका अनुसार जिल्लाका विभिन्न विद्यालयहरुमा लागूऔषध विरुद्धका सचेता मुलक कार्यक्रमहरु सञ्चालन भइरहको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रमुख डीआईजी चन्द्र कुँवेर खापुङले र्दुव्यसनी विरुद्ध आमा कार्यक्रम १४ वटै जिल्लामा सञ्चालन गरिरहेका छन् । आमा परिवारको पहिलो शिक्षक भएकाले आमा समूह निर्माण गरेर सचेतना मुलक कार्यक्रमहरु जिल्ला–जिल्लामा सञ्चालन भइरहेको हो ।

यो कार्यक्रम प्रभावकारी बन्दै गएको जनाइएकामे छ । यस्तो कार्यक्रमहरुले लागूऔषध, र्दुव्यसनी विरुद्ध कसरी अघि बढ्न सकिन्छ भन्नुका साथै अपरााध नियन्त्रणका लागि प्रहरीलाई सहज बन्दै गएको प्रहरी स्रोतको भनाई छ । पछिल्लो समय लागू औषध नियन्त्रणका स्थानीय तहले पनि सक्रियता देखाउन थाालेका छन् ।

लागुऔषध नियन्त्रणका लाागि उत्पादनमा नियन्त्रण, ओसार पसारमा नियन्त्रण, माग घटाउने (प्रचारप्रसार गरेर लागू औषध खानु हुँदैन भन्ने चेतना फैलाउने) र उपचार तथा पुनःस्थापनामा जोड दिए यसलाई नियन्त्रण गर्न सकिने सरोकारवालाहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here