‘अव्यवहारिक शिक्षाको विकराल अवस्था’

0
17

एउटा विद्यार्थीको समयचक्र बिहान उठेर आँखा माड्दै होमवर्क गर्ने/पढ्ने, घोक्ने लेख्नेबाट शुरु हुन्छ । लगभग ८ बजेपछि खाएको खाना पेटभित्र सेलाउन नपाउँदै स्कूलको तयारीमा लाग्नु पर्ने हुन्छ । सिमित तार घेराभित्र स्कूलको एउटा कोठामा बसेर करिब आठ घण्टा विश्वभरिका फरक–फरक विषयमा फरक–फरक शिक्षकले पढाएको जानकारीहरु घोकेर हुन्छ कि जबर्जस्ती हुन्छ, लिखित मौखिक रुपमा दिमागमा राख्ने प्रयास गर्नुपर्छ । अपरान्ह स्कूल छुट्टी भएर पाँच–सात केजीको किताब कापी राखेको झोला लिएर घर फर्कनुपर्ने हुन्छ । प्रायः सबै विषयको पढ्ने, लेख्ने, कन्ठस्त पार्ने, होमवर्कको भारी बोकेर बेलुका थाकेर घर आइपुगेको केही समयमा फेरि होमवर्क गर्ने पढ्ने, रट्ने, लेख्ने दिनचर्या रहिरहन्छ ।
एउटा व्यक्तिको जीवनकै ऊर्जाशील समय अर्थात् जन्मिएको दुई–तीन वर्षको उमेरदेखि नै भएभरको सबै महŒवपूर्ण समय विद्यालय र किताबलाई दिएपछि उनीहरुको जीवनमा चाहिने सबै कुरा त्यही सिक्न र जान्न पाउनुपर्छ कि पर्दैन ? वास्तवमा हाम्रो देशको शैक्षिक क्षेत्रको डरलाग्दो चुनौतिलाई कसैले गम्भीरतापूर्वक लिएको पाइँदैन । अव्यवहारिक र अवैज्ञानिक शिक्षाले बालबालिकाहरुलाई अनावश्यक शारीरिक र मानसिक तनाब मात्रै नदिएर उनीहरुको जीवनको सबैभन्दा महŒवपूर्ण समय समेत खेर जान्छ ।

यसै वर्षको सीपयुक्त जनशक्ति मापन–२०२४ (न्यिदब िक्पष्िि च्बलपष्लन द्दण्द्दद्ध)को रिपोर्ट अनुसार नेपालसहित विश्वभरिका एक सय नौ राष्ट्रका तीन सय २५ प्रमुख विश्व विद्यालयहरु र सात हजार विश्व प्रसिद्ध संस्थाहरुका करिब १४ करोड ८० लाख प्रशिक्षार्थी÷विद्यार्थीहरु माझ गरिएको सर्वेक्षणमा नेपाल विश्वको अन्तिमबाट दोस्रो स्थान अर्थात् १०८औँ स्थानमा रहेको छ । त्यस्तै एसियाको २३ राष्ट्रमध्ये सबैभन्दा अन्तिम स्थानमा छ । विश्वको पहिलो, दोस्रो र तेस्रो स्थानमा क्रमशः स्वीजरल्याण्ड, जापान र जर्मनी रहेका छन् । अन्तिम १०९औँ स्थानमा युद्धले ग्रसित मुलुक सुडान रहेको छ ।

नेपालमा अव्यवहारिक शिक्षाभित्र प्रतिशत र जीपीएको प्रतिस्पर्धाले विद्यार्थीहरुलाई कामै नलाग्ने रोबर्ट जस्तै बनाइ रहेको छ । बालबालिकाहरुलाई स्कूल सम्झिने बित्तिकै ज्वरो आउँछ । आज पनि अभिभावकले बालबालिकालाई कराउँदै, चिच्याउँदै, घाचेडेर जबर्जस्ती स्कूल पठाउनुपर्ने अवस्था छ । कतिपय होस्टेल राखिएका नानीहरुमा डिप्रेशनसम्म हुने र दीर्घकालीन असर पर्ने गरेको पाइन्छ । विद्यार्थीहरुलाई कक्षाभित्र अनुशासनको नाममा गुडिया बनाइन्छ । शिक्षक कक्षाभित्र पसेपछि चुइक्क बोल्नु भएन, आफूले नबुझेको कुरा कसरी शेयर गर्ने ? हाम्रा नानीहरु कहिले रमाउँदै विद्यालय जाने ? प्रतिशत र ग्रेडसँगै उसको क्षमताको पनि प्रतिष्पर्धा कहिले हुने ? १० बर्षका बालबालिकाले १० केजीको किताबको भारी कहिलेसम्म बोक्नुपर्ने ? यसरी उसको भविष्य उज्ज्वल बन्ला त ? शैक्षिक क्षेत्रका विज्ञलाई सोध्ने हो भने पनि प्रश्न अनुत्तरित हुन्छ ।

बालबालिकालाई फरक ढंगले सिकाउनुपर्छ । खेल्दै सिक्नुपर्छ भनेर शिक्षाको बालमैत्री अवधारणा ल्याइएको छ । तर ३–४ बर्षको दूधे बच्चाले भारी बोक्नेदेखि वर्षभरिमा तीन–चार वटा परीक्षा दिनुपर्ने विडम्बना छ । नेपालमा एक पटक लिएको शिक्षण लाइसेन्स र तालिमले २०औँ वर्षसम्म पुग्छ । अहिले गुणस्तरीय शिक्षाको नाममा खोलिएको विद्यालयहरुमा पनि एसी जडित सवारी, एसी जडित कक्षा कोठा, स्वीमिङ पुल, स्मार्ट बोर्ड र अंग्रेजी मोह बाहेक खासै केही पाइँदैन । शुल्क भने जडान गरिएको त्यो कम्प्युटर र स्मार्ट टिभिको मर्मत शुल्क (च्भउबष्च ७ ःबष्लतभलबलअभ ऋजबचनभ) समेत बीलमा चढाइएको हुन्छ । अहिले केही निजी विद्यालाहरु गुणस्तरभन्दा पनि महँगो विद्यालय भनेर चिनिन राम्रै प्रतिस्पर्धा गरिरहेका छन् । भर्ना शुल्क नै हजारौं लिइन्छ ।

झापाकै केही विद्यालयहरुमा पूर्व– प्राथमिक तहको शुल्क मासिक २० हजारभन्दा माथि रहेको पाइन्छ । तर, परीक्षाको नतिजामा ग्रेट र प्रतिशतको बाहेक शुल्क अनुसारको गुणस्तरीय शिक्षामा प्रतिस्पर्धा गरेको कतै देखिँदैन । विद्यालयहरुमा सामान्यतयाः प्राक्टिकल भनेर हालिएको कम्प्युटर, होटल मेनेजमेन्ट, आइटी जस्ता विषयहरु पनि प्रायः उही सैद्धान्तिक र घोकन्ते विधिले पढाइन्छ । विद्यार्थीले कक्षा १ देखि १२ कक्षासम्म कम्प्युटर शुल्क भनेर विद्यालयलाई लाखौं शुल्क बुझाउनुपर्छ । तर, भोलि कक्षा १२ उत्तीर्ण गरेर एउटा सामान्य जागिर खान अन्तरवार्ता दिनु प¥यो भने उसले फेरि अलग्गै कम्प्युटर इन्स्टिच्युटमा गएर छ महिने एक वर्षे कोर्ष लिनुपर्छ । उसले त्यतिका वर्ष विद्यालयलाई बुझाएको लाखौँ शुल्क र उसको महŒवपूर्ण समय कहाँ गयो ?

यहाँसम्म कि नेपालको शिक्षा आज पनि ब् ायच ब्उउभि, द्य ायच द्यबिि भन्दा बाहिर निस्कन सकिरहेको छैन । हामी जबर्जस्तीमा अल्झिएको छौँ । प्राक्टिकल्ली बुझ्ने र बुझाउने कोशिस गर्दैनांै । डाक्टर, इञ्जिनियर, पाइलट बाहेक अरु प्रोफेसन नै मान्दैनौं, किताब भरी उदाहरण यस्तै मात्र भेटिन्छ । यस्तो घोकन्ते शिक्षाले व्यक्तिको जीवनको कैयौं सम्भावनाहरुलाई सिमित गरिदिएको छ । अझ टियुको कोर्ष र परीक्षाका प्रश्नपत्रहरु हेर्ने हो भने जति ठूलो कक्षा त्यति धेरै अंकको सद्धान्तिक प्रश्नहरु पढेर, घोकेर लेख्नुपर्ने हुन्छ । भोलि मेरो जीवनमा के चाहिन्छ भन्ने कुरा सिक्नै पाइँदैन ।

विद्यालयहरुमा एक वर्षसम्म कोचार्ने अनि परीक्षामा त्यही ओकाल्ने प्रवृत्ति अझै हटेको छैन । यो तरिकाले २०औं वर्षपछि हातमा डिग्रीको सर्टिफिकेट त आउँछ, तर व्यवहारिक ज्ञानको मात्रा भने शून्य । अनि कसरी सर्टिफिकेट बिक्री हुन्छ ? यसरी पढेर विदेश नै जाँदा पनि नेपालीहरुलाई भाँडा माझ्नेभन्दा अन्य काम पाउन गाह्रो छ । सायद यसैकारण नेपालीलाई दिइने र अन्य देशका नागरिकलाई दिने पारिश्रमिक रकम नै फरक देखिन्छ । हाम्रा देशमा विद्वानहरु उत्पादन हुने विद्यालयहरु वेरोजगार उत्पादन हुने फ्याक्ट्रीमा परिणत भइरहेका छन् ।
आज विद्यार्थीको पढाइप्रति लगनशिलता छैन । विद्यार्थीमा नैराश्यता छ । बालबालिकाहरुलाई कसरी पढाइ प्रति लगनशील बनाउने ? कसरी इच्छा जगाउने ? भन्ने विकल्प नखोजी जबरजस्ती कोचार्न खोजिन्छ । बिरामीले नै औषधि खाएन भने डाक्टरको के लाग्छ ? एकछिनका लागि सानो कक्षाको नानीहरुमा जबरजस्ती सिकाउन सम्भव होला । तर, ठूलो कक्षाको अर्थात् यी कुराहरु बुझ्न सक्ने उमेर समूहकालाई सम्भव छैन । अहिले त विद्यार्थीलाई हिजको जस्तो गाली गर्न, सजाय दिन पनि कानूनले बन्देज गरेको छ । भनेपछि विद्यार्थी आफंै सिक्न तयार त हुनै पर्र्छ । विद्यार्थी विद्यालयमा ५–६ घण्टा हुन्छन, अरु त विद्यालय बाहिर उनीहरुले आफ्नो तरिकाले समय बिताउँछन् । जबसम्म ती उमेर समूहका नानीहरुको पढाइप्रति भित्री चाहना (अयचभ( ष्लतभचभकत)जाग्दैन तबसम्म सबै प्रयासहरु असफल हुन्छन् ।

विशेषगरी गाउँघरमा कतिपय बालबालिकाहरु अघिल्लो पुस्तालाई हेरेर, देखेर आफूले उद्देश्य निर्धारण गर्ने गर्दछन् । अर्थात् अग्रज दाजु–दिदीहरुलाई प्रेरणाको स्रोतको रुपमा लिन्छन । तर, आज यति दुःख गरेर डिग्री गरेकाहरुको देशमा हालत यस्तो छ । हाम्रो स्नातकोत्तर विद्यतहरू मलेशिया र खाडी मुलुकमा डण्ठा बोकेर ढोकामा बसिरहेका छन् । अनि आजका बालबालिकाहरुले कसलाई हेरेर कसरी उत्प्रेरित हुने ? त्यसैले अहिले विद्यार्थी र अभिभावकमा पनि शिक्षा प्रति हिजोको जस्तो क्रेज छैन । कमसेकम दुःख गरेर पढिसकेपछि उसको डिग्री कौडीको भाउमा मूल्यांकन हुनु त भएन नि । हाम्रो देशको डिग्री विश्वमा बिक्नुपर्छ । समय र माग अनुसार हाम्रो शिक्षा प्रणालिमा सुधार नहुँदा हाम्रो डिग्री फेल खाइरहेको छ, अर्थात् कतै मेल हुन सकिरहेको छैन, अनि पढाईमा कसरी लगनशील बन्ने ।

विद्यार्थीलाई आज स्कूल जान नपरेपनि हुन्थ्यो भन्ने भन्दा मेरो एउटा क्लास छुट्यो भन्नेमा पश्चाताप हुनुपर्छ । त्यो सोच बालबालिकाहरुमा कसरी आउँछ ? नानीको पढाईप्रतिको त्यो वातावरण सिर्जना गर्ने जिम्मेवारी सबैभन्दा पहिलो सरकार पक्ष, दोस्रो विद्यालय र तेस्रो अभिभावक÷समाजको रहन्छ । पढेकाहरुको देशमा भविष्य नदेखिनु (अहिलेको ट्रेण्ड भनेको ‘१२ पास गर्ने विदेश जाने’) यसले नानीहरुलाई दुःखले पढ्नुपर्छ भन्ने भित्री इच्छा कसरी जाग्लान् त ? समय कहाँ पुग्यो ? नेपालको डिग्री नेपालमा प्रयोग हुँदैन नेपालभन्दा बाहिर जाऔँ हाम्रो डिग्री हेर्नसम्म मान्दैन । २० वर्ष पढेर डिग्री गरेर मैले के गर्ने भन्ने सकारात्मक सोच विद्यार्थीमा आउनु पर्छ कि पर्दैन ? हिजो २० वर्षअघिको र अहिलेको शिक्षा प्रणालीमा के फरक छ ? फरक पहिले प्रतिशत अहिले ग्रेडिङ सिस्टम त्यति होइन ?

राम्रै ग्रेड ल्याउनेले पनि ग्रेड अनुसारको देश छानेर विदेश जानु बाहेक विकल्प केही छैन । अनि ग्रेट ल्याएर विदेश गएका ती विद्यार्थीहरुले काम र इज्जत चाहिँ कुन ग्रेटको पाउँछ कसैलाई थाहा छैन । छातिमा हात राखेर सोचौं । नेपालमा पढेर १–२% सरकारी जागिर खालान, १–२% प्राइभेट जागिरतिर भुलिएका होलान्, केही पेसा–व्यवसाय गर्लान् अरु बाँकी कहाँ छन् ? तीन करोडभन्दा बढी करोड जनसंख्या रहेको देशमा गतसाल (सन् २०२३ मा) मात्रै विभिन्न भिषामा करिब १६ लाखभन्दा बढी युवाशक्ति विदेशिएका छन् । त्यस मध्ये एक लाख आठ हजारभन्दा बढी विद्यार्थी भिषामा जानेबाट मात्रै एकै पटक करिब ४३ अर्ब रुपैयाँ बाहिरियो । यो दर बर्षेनि बढ्दो क्रममा छ । आज ५० लाख युवा विदेशिएका छन् । अहिले करिब १० वटा सामुदायिक विद्यालयको विद्यार्थी संख्या जति त बिर्तामोडको कोरियन भाषा सिकाउने एउटा सेन्टरमा पढ्दैछन् ।

देशभरि जापानीज, कोरियन भाषा, आइएलटिएस पिटिइका कक्षाहरु बिहानदेखि बेलुकीसम्म भरिएको पाइन्छ । हिजोको तुलनामा सरकारले केही हदसम्म शिक्षामा लगानी गरेको हो । तर, पर्याप्त र सही लगानी भएको पाइँदैन, कार्यान्वयन कमजोर छ । केही वर्ष सेलाएको एसइईको नतिजाले यो वर्ष देशव्यापी तरंग ल्यायो । नतिजा राम्रै ल्याउने विद्यालयहरुले यति प्रतिशत, उति प्रतिशत र जिपिए भन्दै तीव्ररुपमा प्रचारबाजी गरिरहेका छन् । भने जस्तो नतिजा नआउने विद्यालयहरु निराश छन् भने कतिपय विद्यालयहरुको नतिजा शून्य रह्यो । वास्तवमा नेपालमा जबसम्म डेट एक्स्पायर भइसकेको शिक्षा प्रणाली रहिरहन्छ तबसम्म यस्तै पास– फेल र प्रतिशतमा अल्झिरहने हो ।

नेपालको शिक्षा प्रणालीभित्र परीक्षा मूल्यांकन पद्धति पनि संशोधन गर्न आवश्यक छ । जस्तैः कक्षा १० मा कुनै विद्यार्थीलाई ‘ल्बष् िब्चत’ सिकाइयो त्यो विषयमा उसको राम्रो क्षमता छ । तर, पछि एसइई परीक्षामा उसलाई सिकाइएको ल्बष् िब्चत सम्बन्धी दक्षता र क्षमताको माक्स र मूल्यांकन कतै गरिँदैन अनि ऊ फेल हुन्छ । यसरी मूल्यांकन विधिमा संशोधन नगर्नाले पनि पछिल्लोपटक परिवर्तन गरिएको नेपालको शिक्षा नीतिले फेल खाइरहेको छ ।
गत सालसम्म शिक्षामा परिवर्तन भन्दै एउटा विद्यार्थी विभिन्न विधामा दक्ष हुन्छ । उसले सामग्री बनाउन जानेको छ, उसले मिठो खाना बनाउन जानेको छ, नृत्य गर्न सक्छ, ऊ स्पोर्ट्समा राम्रो छ भन्दै कसैलाई फेल गराउनु हुँदैन भन्दै अनेक विधा बनाउँदै कक्षा १ देखि नै विद्यार्थीलाई पास गराइयो । तर, यसपटकको एसइईमा फेरि ती सबै विधाहरु हरायो उही आठ–नौ वटा विषयको प्रश्नउत्तर घोकेर जसले राम्रो लेख्यो ऊ मात्र पास भयो ।

तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठको शिक्षामा परिवर्तन ल्याउने हुटहुटीले सामुदायिक विद्यालयको हालत देखाउनकै लागि भए पनि यसपालिको एसइई नतिजामा केही कडाइ गरेको आंकलन गर्न सकिन्छ । तर, यो नतिजाले आम अभिभावक वर्ग र विद्यार्थीहरुको भविष्यमा पर्न गएको दीर्घकालीन नकारात्मक असरप्रति सचेत भइएन । पूर्व तयारी नगरी अघि बढियो अनि जताबाट पनि विद्यार्थी र अभिभावक मारमा परे । वास्तवमा शिक्षालाई अब विद्यालय र किताबमा मात्रै सिमित राख्नु नै गलत हुन्छ । नेपालको पाठ्यक्रममा केही सुधारको खाँचो छ । नेपालमा हिजो साक्षरता दर न्यून रहँदा साक्षरता दर वृद्धि गर्न ल्याईएको जस्तो मात्रै शिक्षा नीतिले अब विश्व–बजारमा प्रतिस्पर्धा गर्न सक्दैन । यसो भन्दै गर्दा विदेशी शिक्षा नितिलाई पछ्याउनुपर्छ भन्ने होइन । तर, नेपालको प्राकृतिक अवस्था, जनसंख्या, जनशक्ति, भौगोलिक अवस्था, यहाँको सामाजिक र आर्थिक अवस्था, राजनीतिक अवस्था, यहाँको सबै धर्म, संस्कार, संस्कृतिलाई विचार गरेर माग र आवश्यकता अनुसारको शिक्षा त समय अनुसार सुधार गर्नैपर्छ ।

अबको समयमा विद्यार्थीहरु कम्तीमा तीन भागमा दुई भाग मात्रै किताब र विद्यालय परिसरभित्र पढ्नुपर्छ । ऊ खेत बारीमा पढ्नुपर्छ, जंगलमा, बजार, हस्पिटल, बैंक, सहकारी, ठूला–ठूला सुपरमार्केट, हाइड्रोपावर, होटलहरु, फर्निचर, इलेक्ट्रिकल पसल, कपडा पसल, ड्राईभिङ सेन्टरहरुमा, फ्याक्ट्रीहरु, हार्ड्वेर, ग्यारेज, विभिन्न धार्मिक मठ–मन्दिर, कानूनी क्षेत्र, ट्राफिक प्रहरी चौकी, नगर र वार्डका विभिन्न निकायहरु, निर्माणाधीन विभिन्न क्षेत्रहरु (कन्स्ट्रकसन साइड), नेपालको सीमा–नाकाहरुमा विभिन्न ज्ञानगुनका कुरा सिकाइनुपर्छ । देशको विभिन्न पर्वहरु, धार्मिक चाड पर्वहरुमा विद्यालय बन्द गर्नुको साटो विद्यालयमा सबै शिक्षक–विद्यार्थीलाई आ–आफ्नो संस्कार–संस्कृति झल्किने पहिरनमा आउने, विद्यालय तहमै आफ्नो राष्ट्र र राष्ट्रियताप्रति उच्च बफादार बन्न सिकाउने र परीक्षामा मूल्यांकन पनि सोही अनुसारले हुनुपर्छ । यसरी पढेका बालबालिकाहरु २४सैं घण्टा विद्यालयभित्र किताबमा मात्रै घोकाएर पढाएको भन्दा उनीहरुको पढाईप्रति इच्छा पनि जाग्ने र परीक्षामा नतिजा पनि राम्रो ल्याउँछन् ।

गुणस्तरीय शिक्षाको खोजी र अंग्रेजी मोहले अभिभावकहरु जस्तो सुकै दुःख गरेर भए पनि नानीलाई बोर्डिङ स्कूल पढाउँछन् । आजभोलि सामुदायिक विद्यालयहरु गरीबको छोराछोरीहरु मात्रै पढ्ने थलो बन्दै गइरहेका छन् । हुन पनि देशमा अडिने अवस्था छैन । दिनदिनै राष्ट्र अन्तर्राष्ट्रिय स्तरमा अंग्रेजी भाषाको महŒव बढेर गएको छ । जसको लागि कक्षा १ देखि नै नेपाली भाषा संस्कार÷संकृति सम्मिलित दुईवटा मूल विषयहरु नेपाली भाषामै राखेर गणित, विज्ञान, अर्थशाश्त्र, लेखा, हेल्थ, वातावरण, सामाजिक शिक्षा लगायत अन्य अतिरिक्त विषयहरु अंग्रेजी माध्यमबाटै पढाउँदा के फरक पर्छ ? त्यसै पनि यि विषयहरुमा प्रायः अंग्रेजी शब्दहरु नै हुन्छन् । तीन तहको सरकार बनेपछि सार्वजनिक विदाहरु गनेर सकिँदैन ।

आजको दिन मानिसहरु हरेक कुराहरु नेट इन्टरनेटको माध्यमद्वारा हेरेर बुझेर खरिद गर्ने प्रयोग गर्ने गर्दछन् । डिजिटल मार्केटिङ, एआई कोर्ष फुड टेक्नोलोजी, टुरिजम एण्ड माउण्टेनियरिङ, युट्युव च्यानल–भ्लग, म्युजिक, स्पोर्ट्स लगायतका आजको सम्भावित विषयहरु छाँयामा परेको देखिन्छ । जुन विषयहरुमा दक्षता हासिल गर्नेले करोडौ आम्दनी गर्नसक्ने सम्भावना छ र गरिरहेको छ । तर, यी सबै विषयहरु किताबी ज्ञान दिनलाई होइन सबै फिल्डमा व्यवहारिक रुपमा पढ्ने किसिमले निर्माण गर्नुपर्छ । आवश्यक परे अब विद्यार्थीहरु हातमा कापी–किताब सँगै कुटो–कोदालो बोकेर विद्यालय जानुपर्ने हुन्छ । अब विद्यार्थीले परीक्षाको भन्दा बढी जीवनको तयारी गर्नुपर्छ ।

क्षेत्रफललाई हेर्ने हो भने छिमेकी मुलुक भारतको एउटा राज्यभन्दा सानो छ नेपाल । तर, प्राकृतिक विविधताले भरिपूर्ण देश नेपालका विद्यार्थीहरुलाई साच्चै व्यवहारिक शिक्षासँगै लाने हो भने विश्वकै दक्ष जनशक्ति उत्पादन हुने मुलुक बन्न सक्छ । नेपालमा व्यवहारिक शिक्षा दिन नेचुरल स्रोत र साधनहरु प्रशस्तै छन् । विदेश अध्ययनका लागि जानुको साटो अन्य राष्ट्रदेखि पढ्न आउने बनाउन सकिने सम्भावना छ नेपालमा । तर, विडम्बना जुन देशमा पृथ्वीको अग्लो सगरमाथा चढ्न संसार भरिका मानिस आफ्नो ज्यान दाउमा लगाएर आउँछन् । त्यो देशका त्यगचष्कm बलम म्भखभयिऊभलत विषय पढ्ने विद्यार्थीहरुले सगरमाथाको छायाँ समेत नदेखी मर्नुपर्छ ।

नेपालको शैक्षिक गुणस्तर सुधार गर्न सरकारले शिक्षामा अल्पकालीन र दीर्घकालीन योजनाहरु बनाएर अघि बढ्नुपर्छ । १२ कक्षासम्मको जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिइएको छ । विद्यालय त जति धेरै खोल्यो त्यति राम्रो हो, तर हाम्रो जस्तो गरीब र सिमित लगानी गर्न सक्ने राष्ट्रले लगानीको सही सदुपयोग गर्न सक्नुपर्छ । हिजो देशमा साक्षरता दर वृद्धि गर्नकै लागि १०–१५ जना विद्यार्थी राखेर भए पनि गाउँ–गाउँमा विद्यालय स्थापना गरिएको थियो । तर, अब त्यही साक्षरता दर मात्रै वृद्धि गर्ने किसिमको शिक्षाले हुँदैन । यो किसिमको मात्रै जनशक्ति उत्पादन हुने विद्यालय राखेर मेरो गाउँ–गाउँमा, घर क्षेत्रमा विद्यालय छ र मेरो नानी विद्यालय जान्छ भन्नु बाहेक कुनै अर्थ रहँदैन । कतिपय ठाउँका सामुदायिक विद्यालयमा त विद्यार्थी भन्दा शिक्षक धेरै भएका समाचारहरु सुन्न पाइन्छन् । कतै विद्यार्थी छ शिक्षक छैनन् । कतै प्राथामिक तहको शिक्षकले मावि तहसम्म पढाइरहेका छन् भने कतै विद्यार्थी नभएर विद्यालयहरुमा गाई भैँसी चरन भएको छ । कतै अत्यन्तै कम विद्यार्थी राखेर जबरजस्ती विद्यालयहरु सञ्चालन भइरहेको पाइन्छ । जहाँ राज्य कोषको वर्षेनि करोडौं रुपैयाँ खर्च हुन्छ । समग्रमा हेर्ने हो भने हाम्रा धेरै सामुदायिक विद्यालयहरु अत्यतै अव्यवस्थित छन् । हामीसँग स्रोत र साधनहरु सिमित छन् ।

त्यसैले सम्बन्धित पालिकाको भौगोलिक अवस्था, उपलब्ध सेवासुविधा, जनसंख्या, आर्थिक र सामाजिक आवस्थाहरुलाई हेरेर सरकारले अब सम्भावित विद्यालयहरु मर्ज गरेर सबै सेवा सुविधायुक्त गुणस्तरीय शिक्षा दिनसक्ने सिमित विद्यालहरुमा रुपान्तरण गर्न आवश्यक छ । एउटा पालिकाभित्र नाम मात्रको ४०–५० वटा विद्यालयहरु दुःखले चलाउनुभन्दा उही बजेटले उच्च गुणस्तरीय शिक्षा दिनसक्ने १०–१५ विद्यालयहरु सञ्चालन गर्ने योजना बनाउनु आवश्यक छ । देशभित्रै सम्भावना बढाउने हो भने विद्यालयदेखिनै दक्ष जनशक्ति उत्पादन गर्ने योजना बनाउनुपर्छ । जब त्यो राष्ट्रभित्र जनता नै नरहने अवस्था आउँछ भने राष्ट्र र राष्ट्रियताको कुरा मात्रै गरेर के गर्ने ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here