अश्विन भारतीलाई भोट गरिदिन भारती बन्धु एकता समाज नेपालको आग्रह

0
25

लक्ष्मीपुर ।

नेपालकै चर्चीत रियालिटी शो द भ्याइस अफ किड्स सिजन ३ को भोटिङ राउण्डमा पुगेका अश्विन भारतीलाई भोट गर्न भारती बन्धु एकता समाज नेपालले सवैमा आग्रह गरेको छ ।

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ३ स्थित बाहुण्डाँगी घर भई हाल बिर्तामोडको निदि सेकेन्डरी स्कुलमा कक्षा ७ मा अध्ययनरत अश्विन भोटिङ राउण्ड अर्थात टप २४ मा पर्न सफल भएका छन् ।

उनलाई भोट दिएर हौसला प्रदान गरी अझ अगाडी बढ्न मद्दत मिल्ने भएकाले समाजले भोट गरिदिन सवैमा आग्रह गरेको हो । सुमधुर स्वरका धनि अश्विनले एकपछि अरुको मन जित्दै गायन यात्रालाई अगाडी बढाउँदै आएका छन् ।

उनी बिजेता बने झापाकै गौरव बढ्ने भएकाले पनि सम्पूर्ण झापाबासीसहित दशनामी बन्धुहरुलाई भोट गरिदिन भारती बन्धु समाजका केन्द्रिय अध्यक्ष उमेश भारतीले आग्रह गरेका छन् । एक बर्ष अघिदेखि बिर्तामोडको सरगम संगीतालयमा संगीत सिक्दै आएका अश्विन पढाईमा पनि अब्बल छन् । लाइफ राउण्डमा पुगेका अश्विन भोट गरेर बिजेता बनाइदिन उनका दाजु अनुज भारतीले सवै समक्ष अनुरोध गरेका छन् ।

भारती बन्धु, दशनामी समाज र नेपालीहरुको लागि प्रतिभाशाली गायक बन्न सक्ने सम्भावना बोकेका अस्विन प्याब्सन झापाले आयोजना गरेको कार्यक्रममा जूनियर गायनतर्फ झापा प्रथम भइसकेका छन् । भारती, दशनामी, झापावासीसहित सम्पपूर्ण नेपाली बन्धु दाजुभाइ दिदि, आमाबुवा, छिमेकी, झापाबासीसहित देभभर रहनु हुने सम्पूर्णमा अश्विनलाई एक भोट दिन समाजले आग्रह गरेको छ ।

हिमालय टेलेभिजनबाट शुक्रवार र शनिबार साँझ ८ बजेबाट प्रशारण भइरहेको रियालिटी सो द भ्वाइस अफ किड्स नेपालको सिजन ३ प्रशारण हुने गरेको छ । सम्पूर्णलाई भोटिङ समयभित्र खल्ति एप्स प्रयोग गरि भोट गरिदिन समाजले अनुरोध समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here