रोटरी क्लब अफ बिर्तामोडद्वारा पौष्टिक सामग्री ब्याग हस्तान्तरण

0
146

बिर्तामोड।

सामाजिक सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था रोटरी क्लव अफ बिर्तामोडको आयोजनामा, बिर्तामोड नगर अस्पतालमा मातृ तथा शिशु स्वास्थ्य कार्यक्रम सम्पन्न गरिएको छ।

अस्पताल प्रमुख डा सुनील अधिकारीको प्रमुख आतिथ्यता तथा क्लब अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’को अध्यक्षतामा सञ्चालित कार्यक्रममा १ दिने सुत्केरी आमा,नवजात शिशु सहित १० जना शिशु र सुत्केरी आमाहरुलाई विभिन्न ११ प्रकारका आवश्यक पौष्टिक सामग्री र बच्चा स्याहार गर्ने सामानहरू हस्तान्तरण गरिएको थियो।

क्लब सेक्रेटरी डा सन्ध्या राठीले संचालन गरेको मातृ शिशु स्वास्थ्य सेवा कार्यक्रममा सर्भिस कमिटी डाईरेक्टर सुरेश वंशलले स्वागत मन्तव्य,एडिसनल गभर्नर सुजन प्रधानले कार्यक्रमको महत्व बारे प्रकाश पार्नुभयोे।

सुत्केरी आमाहरुलाई विशेष अतिथि बाल रोग विशेषज्ञ डा रबिन रेग्मी र विशेष अतिथि महिला तथा प्रसुति रोग विशेषज्ञ डा शिवेश चौधरीले विशेष चेतनामूलक प्रशिक्षण सहित जानकारीहरु दिनु भएको कार्यक्रममा पूर्व अध्यक्ष निकिता गिरी,ओम बिमली, बबिता गिरी, रोट्रयाक्ट क्लबका अध्यक्ष प्रज्वल बिमली , पूर्व अध्यक्ष बसन्त ढकाल,बप्पा साह, सर्भिस कमिटीको चेयर सुमा सेढाई मैनाली, अस्पताल प्रशासक, स्वास्थ्यकर्मी सहित रोटेरियन र रोट्रयाक्ट सदस्यहरूको उल्लेख्य उपस्थिति थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here