सुनसरीमा नग्न अवस्थामा महिलाको शव फेला

0
26

इटहरी,

सुनसरीमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । सदरमुकाम इनरुवास्थित एक महिलाको नग्न अवस्थामा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार भोक्राहा–नरसिंह गाउँपालिका १ घर भएकी अन्दाजी ४२ वर्षीया सैफूल खातुनको इनरुवा ३ स्थित नग्न अवस्थामा शव फेला परेको हो ।

‘घटना शंकास्पद भएका कारण हामीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसमेत मगायौँ,’ डीएसपी भण्डारीले भने, ‘शव पोस्टमार्टमका लागि पठाएका छौँ । रिपोर्ट नआइकन घटनाको कारण पत्ता लागेको छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here