रोटरी क्लव अफ बिर्तामोडद्वारा वृक्षरोपण र विषयगत प्रशिक्षण

0
80

बिर्तामोड।

पर्यावरणीय सन्तुलनको उदेश्य राखेर रोटरी क्लव अफ बिर्तामोडले भद्रपुर न पा , महेशपुर स्थित श्री एग्रो फरेस्टरी प्रमोशन सेन्टरको हाता भित्र वृहत वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।

रोटरी डिष्ट्रिक्ट ३२९२ का असिस्टेन्ट गभर्नर सुजन प्रधानको प्रमुख आतिथ्य र क्लब अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न ६० थान फलफूलका विरूवाहरू लगाईएको छ।

सोही कार्यक्रममा दिन भरी र राती पनि २४ घन्टा अक्सिजन दिई रहने विशेषता भएको रबर खेतिका विविध पक्षहरु र प्रशोधित रबरका उत्पादनहरूबारे क्लबका पास्ट प्रेसीडेन्ट तथा वनस्पतिविद् मीनप्रकाश मैनालीले विशेष प्रशिक्षण र उठेका जिज्ञासाहरूको उतर दिनुभएको थियो।

सोही क्लबका पास्ट प्रेसीडेन्ट नविन गट्टानीले रबर बगानमा स्थलगत निरीक्षण गराएर यसका व्यवहारीक पक्ष र रबर रूखका फाईदा, रबर लेटेक्स संकलन देखि प्रसोधन सम्मको जानकारी दिनुभयो। कार्यक्रममा अर्का असिस्टेन्ट गभर्नर बिनोद बस्नेतको विशेष आतिथ्य रहेको थियो भने चार्टर प्रेसिडेन्ट कुमार गिरी,पास्ट प्रेसीडेन्ट निकिता गिरी, सुरेश वंशल , बबिता गिरी,रोट्रयाक्ट क्लब अफ बिर्तामोडका आईपीपी बप्पा शाह लगायत रोटेरियनहरु र आमन्त्रित अतिथिहरूको विशेष उपस्थिति थियो।

क्लब सेक्रेटरी डा सन्ध्या राठीले संचालन गरेको उक्त कार्यक्रम र रेगुलर मिटिंगमा सर्भिस कमिटी डाईरेक्टर सुरेश वंशलले धन्यवाद ज्ञापन गर्नुभएको थियो। क्लबले विराटपोखरस्थित बिराट भरत विश्रान्ति भवनको हाथा भित्रपनि वृक्षारोपण गरि लगाईएका रुखहरुको संरक्षण गर्ने कार्यक्रम समेत गरी आएको जानकारी क्लबका अर्का पास्ट प्रेसिडेन्ट ओम विमलीले गराउनु भएको छ।

यसरी दुर्गा मावि,गरामनीका कक्षा ६-८ सम्मका विधार्थिहरूलाई लक्षित गरी, रोटरी क्लव अफ डिल्लीबजार काठमाडौ संगको सहकार्यमा स्कुल ब्याग, जुत्ता र स्टेशनरी वितरण गर्ने कार्यक्रमको तयारी भईरहेको जानकारी सर्भिस कमिटी चेयर अशोक धानुका र सुमा सेढाई मैनालीले दिनु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here