मनसुनजन्य विपद्मा परी देशभर एक सय ५० को मृत्यु

0
18

काठमाडौँ,

बाढी, पहिरोलगायत मौसमजन्य विपद्मा परी आजसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ ।

विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोश्ी प्रदेशमा २५, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा आठ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

विपद्मा ४९ जना बेपत्ता तथा एक सय ७७ जना घाइते भएका छन् भने विपदमा फसेका एक सय आठ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन् । यही जेठ २८ यताका भएका घटनाबाट चार हजार दुई सय १९ घरपरिवार विस्थापित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here