पूर्व मुख्यमन्त्री कार्कीले रोपे हसिना सिमसारमा फलफूलका बिरुवा

0
25

मोरङ,

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले मोरङको सुन्दरहरैचा ५ मा अवस्थित रहेको हसिना सिमसारमा फलफूल बिरुवा रोपेका छन्। शनिबार नेपाली कांग्रेस सुन्दरहरैचा वडा नं ५ कार्यसमितिले आयोजना गरेको वृक्षरोपण तथा सरसफाई कार्यक्रममा पूर्व मुख्यमन्त्री कार्कीले फलफूलका बिरुवा रोपेका हुन्।

बिरुवा रोप्न हसिना सिमसार पुगेका कार्कीले आफू मुख्यमन्त्री हुँदा हात्तीमैत्री यात्रा गर्दै पाँच जिल्लामा २४३ किलोमिटर पैदल यात्रा पुरा गरेको बताउदै पद यात्रामा पीडित र सर्वसाधारणसँग प्रत्यक्ष अन्तर संवाद गरेको र जंगलमा आहारा नहुँदा हात्ती लगायत बन्यजन्तु गाउ पस्ने गरेको भन्दै वन फलफूलका बिरुवा रोपे बन्यजन्तु गाउ नपस्ने बताए।

त्यति बेला आफूले हात्ती तथा बन्यजन्तु पीडितसँगको कुराकानी र विज्ञको सुझावका आधारमा हात्ती समस्या समाधानका लागि योजना बनाएको र अहिले नया सरकार बनिसकेकाले त्यसलाई निरन्तरता दिन पनि आफू विभिन्न निकाय धाई रहेको बताए।

नमुना सामुदायिक वन क्षेत्र भित्र रहेको पर्यटकीय क्षेत्र हसिना सिमसारमा तीन हजार फलफूलका बिरुवा रोप्ने कार्य अन्तर्गत पूर्व मुख्यमन्त्रीलाई बोलाएर थप बिरुवा रोपिएको नमुना सामुदायिक वन तथा हसिना सिमसारका अध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिए।

‘साउन र भदौ महिनासम्म हाम्रो तीन हजार फलफूलका बिरुवा रोप्ने लक्ष्य हो,अध्यक्ष न्यौपाने भने,’ यो गाउँ खेती किसान गरेर ल्याएर घरमा राखेको अन्न जंगली जनावरले नखाउन भनेर जनावरको आहाराको लागि फलफूलको बोटो बिरुवा रोप्न लागेका हौ।’

फलफूलका बिरुवा सामुदायिक वनले खरिद गरेर ल्याएको र बिरुवा रोप्न सबैले श्रमदान पर्नुपर्ने उनले बताए। चराचुरुंगीहरुको लागि पनि जामुन लगायका बिरुवा रोप्न लागिएको बताउदै उनले इच्छा हुने जोकोहिले पनि बिरुवा किन्न नपर्ने र आएर दुई वटा बिरुवा रोपेर पुन्यको काम गर्न पनि सबैमा अनुरोध गरेका छन्। हसिनामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन,पर्यटन प्रवर्धन र विकास गर्नको लागि फल दिने बोटबिरुवा लगाउने कार्य भइरहेको बताए।

फलफूल जंगली जनावरको आहारा मात्र नभएर त्यो बेचेर त्यहाँबाट पनि वन तथा हसिनाले आम्दानी गर्न सक्ने बताए। उपभोक्ता समितका सदस्य उदय फुयालले अहिले जति पनि साथीहरुले जनश्रमदानबाट बिरुवा रोप्नु भएको छ यसलाई पानी हाल्ने, बारबेरा गर्ने, गोडमेल गर्ने देखि फल नलाग्दासम्म सबै काम वन र हसिना सिमसारले गर्ने बताए।

हसिना सिमसार क्षेत्रको पछिल्लो समय विकासले गति लिएको छ भने सिमसार क्षेत्रलाई कोशी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here