एकीकृत समाजबादीले बिर्तामोड नगरपालिकालाई १४ बुँदे ज्ञापनपत्र बुझायो

0
28

बिर्तामोड ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) बिर्तामोड नगर कमिटीले बिर्तामोड नगरपालिकालाई १४ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

नेकपा एसले आज (आइतवार) नगर प्रमुख पवित्रादेबी महतरा प्रसाईलाई नगरको जनसरोकारसँग सम्बन्धी १४ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

एसका नगर अध्यक्ष श्रीप्रसाद सिटौलासहित झापा जिल्ला उपाध्यक्ष बासु दुलाल, झापा महिला उपाध्यक्ष सरस्वती लिम्बु, सुशिला बाराल, जिल्ला सदस्य लक्ष्मण खतिवडा, नगर इन्चार्ज श्रीप्रसाद मिश्र, नगर सह–इन्चार्ज गोपी अधिकारीले संयुक्त रुपमा नगर प्रमुख प्रसाईलाई ज्ञापनपत्र बुझाएका हुन् ।

उक्त ज्ञापनपत्र बुझाउँदै गत २०७९ जेठ १८ गते पनि ज्ञापनपत्र बुझाएको र हालसम्म मागहरु सुनुवाई नभएको नगर प्रमुख प्रसाईलाई जनाकारी गराइएको थियो । जनसरोकारका बिषयलाई लिएर दिएको उक्त ज्ञापनपत्रलाई ब्यवस्ता गरिए जनाताको साथ लिएर चरणबद्ध आन्दोलन गर्नेेसमेत नेकपा एस बिर्तामोड नगर कमिटीले चेतावनी दिएको छ ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख प्रसाईले कार्यपालिका बैंठकमा छलफल गरेर जायज र समधान हुन सक्ने मागहरुलाई सम्बोधन गर्ने आश्वसन दिएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here