ईन्ट्रा फाउन्डेसनद्वारा पथरीशनिश्चरेलाई नयाँ एम्बुलेन्स प्रदान

0
14

पथरी शनिश्चरे,

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अमेरिकाले पथरी शनिश्चरे नगरपालिकामा रहेको नगर अस्पताललाई प्रदान गरेको छ ।

केही दिनअघि प्रदान गरिएको एउटा एम्बुलेन्स आज सोमबार विधिवत रुपमा उद्घाटन गरी सञ्चालनमा आएको हो।

पथरी शनिश्चरे नगगरपालिका परिसरमा आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोले रिवन काटेर चाबी चालकलाई प्रदान गरी सो एम्वुलेन्स सञ्चालनमा ल्याइएको थियो ।

उक्त अवसरमा ईन्ट्रा फाउन्डेसन अब अमेरिका नेपाल संयोजक राम बानियाँ, नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, वडाअध्यक्षहरू क्रमशः नैना राई, लोककिरण न्यौपाने, वीरबहादुर राई र नगर खेलकुद विकास समितिको संयोजक दीपक राईको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here