नयाँदिल्ली नजिकैको हिन्डन एयरबेसमा शेख हसिनाको अवतरण

0
30
नयाँदिल्ली,
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार साँझ सि–१३० हरकुलस सैन्य यातायात विमानबाट नयाँदिल्ली नजिकैको हिन्डन एयरबेसमा उत्रिनुभएको छ ।
विमानलाई भारतीय वायु सेनाको सि–१७ र सि–१३० जे सुपर हरकुलस विमान ह्याङ्गर नजिकै पार्क गरिने स्रोतहरूले बताएका छन् ।
भारतीय वायुसेना र सुरक्षा एजेन्सीहरूले भारतीय हवाई क्षेत्रमा प्रवेशदेखि लिएर गाजियाबादमा हिन्डन एयरबेससम्म विमानको आवागमनको निगरानी गरेका थिए ।
यद्यपि हसिना दिल्लीमा बस्नुहुन्छ वा अन्यत्र जानुहुन्छ भन्ने स्पष्ट छैन । बङ्गलादेशका मिडिया आउटलेटहरूले उहाँ लन्डन जान सक्नुहुने अनुमान गरेका छन् ।
स्रोतहरूका अनुसार बङ्गलादेशी सि–१३० विमान भारतीय हवाई क्षेत्रमा प्रवेश गरेलगत्तै भारतीय वायुसेनाको लडाकू विमान उडेको थियो र केही समयसम्म उक्त विमानको निगरानी गरेको थियो । भारतीय वायुसेना र भारतीय सेना कुनै पनि आकस्मिक अवस्थाको सामना गर्न तयार रहेको स्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here