चौरीयाक गोठ संरक्षण र प्रवर्द्धन तोक्पेगालामा महोत्सव

0
9

फुङ्लिङ (ताप्लेजुङ),

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा तोक्पेगोला पर्यटन तथा चौरी महोत्सव आयोजना हुने भएको छ । पछिल्लो समयमा चौरीयाक पालनप्रति युवा पुस्ताले जासो नदिएसँगै यस पेसा सङ्कटमा पर्ने जाने भन्दै चौरीयाक पालकहरूलाई प्रोत्साहन तथा मनोबल बढाउन महोत्सवको आयोजन गर्न लागेको हो ।

चौरीयाक गोठ संरक्षण र प्रवर्द्धनले हाम्रो उच्च हिमाली क्षेत्रको सांस्कृतिक, आर्थिक र जैविक विविधताको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजले जनाएको छ । महोत्सव आयोजक समितिले जारी प्रेस विज्ञप्तिअनुसार आउँदो शुक्रबारदेखि सोमबार गरी चार दिनसम्म तोक्पेगोला पर्यटन तथा चौरी महोत्सव हुने प्रचारप्रसार संयोजक नुपु शेर्पाले बताउनुभयो ।

विशेषगरी हिमाली भेगमा बसोबास गर्ने समुदायका लागि चौरीयाक गोठ सांस्कृतिक धरोहरका रूपमा रहेको छ । परम्परागत तवरले चौरीयाकको पालन गर्दै आएका समुदायले चौरीसँग सम्बन्धित विभिन्न चाडपर्व, संस्कार र अनुष्ठानको आयोजना गर्दै आएको शेर्पाले बताउनुभयो । चौरी गोठलाई केन्द्रित गरेर विभिन्न पर्व मनाइन्छ, जसले स्थानीय संस्कृति र परम्पराको जगेर्ना गर्ने शेर्पाले बताउनुभयो ।

चौरीयाक गोठ आर्थिक दृष्टिकोणले पनि महत्त्वपूर्ण छ । चौरीको दूधबाट बनाइने चीज, घ्यू र अन्य दूग्धजन्य उत्पादन स्थानीय र अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय छन् । यस्ता उत्पादनले स्थानीय बासिन्दाको आयआर्जनमा ठूलो सहयोग गरिरहेको जिल्ला समन्वय प्रमुख छिरिङ शेर्पाले बताउनुभयो ।

चौरीहरू हिमाली वातावरणमा अनुकूलित जनावर हुन्, जसले त्यो क्षेत्रको जैविक विविधतालाई कायम राख्न मद्दत पुर्‍याइरहेको शेर्पाले बताउनुभयो । चौरीहरूको संरक्षणले हिमाली चरन क्षेत्रको सन्तुलनमा पनि सहयोग गर्छ, जसले गर्दा वनस्पति र अन्य जीवजन्तुको संरक्षणमा योगदान पुग्ने चौरीयाक गोठ पालक किसानको भनाइ रहेको छ ।

चौरीयाक गोठ संरक्षणमा केही चुनौती पनि छन् । हिमाली क्षेत्रमा बढ्दो तापक्रम, चरन क्षेत्रको कमी र आधुनिक प्रविधिको अभावले चौरी गोठको सङ्ख्या घट्दै गएको छ । यसका लागि सरकार र गैरसरकारी संस्थाले विशेष पहल किसानको भनाइ रहेको छ ।

चौरी गोठको संरक्षणका लागि स्थानीय समुदायलाई सशक्त बनाउन, चरन क्षेत्रको व्यवस्थापन गर्न र चौरीपालनमा नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने आवश्यकता किसानको भनाइ छ । स्थानीय बजारमा चौरीका उत्पादनको प्रचारप्रसार गर्न र अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नका लागि विशेष पहल आवश्यक रहेको शेर्पाले बताउनुभयो ।

मिक्वाखोला गाउँपालिकामा फुडफुडगे झरना, हिलिमा झरना, सोदुपोखरी, भुतपोखरी, तीनपोखरी, मिक्वा पोखरी, लोदेनलगायत सयौँ ताल तथा पोखरीको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको आयोजकले जनाएका छन् । आयोजकका अनुसार यहाँका हिमालसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर पाउने मात्र नभई, विभिन्न किसिमका जडिबुट्टी अवलोकन गर्न सकिन्छ ।

पर्याप्त प्रचारप्रसारको अभावले गर्दा यहाँ पर्याप्त पर्यटकहरू पुग्न सकेका छैनन् । प्रेस विज्ञप्तिका अनुसार ताप्लेजुङवासी प्रायः जिल्ला बाहिरका पर्यटकीय क्षेत्रतर्फ आकर्षित हुने गरेका छन्, जसले गर्दा आफ्नै जिल्लाको सुन्दरस्थल ओझेलमा पर्ने सम्भावना छ ।

महोत्सवले यस क्षेत्रको सौन्दर्य उजागर गर्दै पर्यटकको सङ्ख्यामा वृद्धि गर्नेछ । आयोजक समितिका अनुसार महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने छ र स्थानीय सरकारलाई पर्यटन क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here