उर्लाबारीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

0
16

उर्लाबारी,

पूर्वी मोरङको उर्लाबारी-३ मंगलबारे शान्ती सहकारी टोलबाट ४ जना युवाहरु प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका छन् ।

गत शुक्रबार दिउसो करिव १ बजे सोहि स्थानका स्थानीय श्याम पोखरेलको घरबाट उनीहरू पक्राउ परेका हुन्। उनकै छोरा पंकज पोखरेल सुत्ने कोठामा केही मानिसहरू भेला भई प्रतिबन्धित लागुऔषध खरिदबिक्री हुदै गरेको भन्ने गोप्य सुचना पाएलगत्तै खानतलासी गर्न पुगेको उर्लाबारी प्रहरीको टोलीले पंकजसहित ४ जनालाई १ग्राम ३सय २० मिलिग्राम खैरो हिरोईन (ब्राउन सुगर) सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

पक्राउ पर्नेमा स्थानिय ३४ वर्षिय पुरुषोत्तम पोखरेल, २० वर्षिय नितेश महत र पंकज पोखरेल र सिवसतासी नगरपालिका वडा नम्बर १० का ४३ वर्षिय सुरेन्द्र प्रसाद पोखरेल रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए ।

प्रहरीले गत हप्तादेखि नै निगरानीमा राखेर पछ्याईरहेको बताउँदै गत शुक्रबार मात्र उनीहरु प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेको जनाएको छ। पक्राउ परेका चारै जनालाई आईतबार मोरङ जिल्ला अदालतबाट ५ जिनको म्याद थप गरि हिरासतमा राखिएर अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक दासले बताए ।

उर्लाबारी प्रहरीले यसअघि पनि मंगलबारे क्षेत्रमा पटकपटक प्रतिबन्धित लागुऔषध सहित युवाहरुलाई पक्राउ गरेको थियो । पछिल्लो समय उर्लाबारी प्रहरीले लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेहरुलाई निगरानीमा राखेर धमाधम पक्राउ गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here