ईटहरी जेसीजद्वारा पथरी र रमाइलो जेसिजका पदाधिकारीहरूलाई निमन्त्रणा

0
13

पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरेमा नेपाल जेसीज राष्ट्रिय सम्मेलन (NATCON) २०२५ को आयोजक इटहरी जेसीजबाट पथरी र रमाईलो जेसीजका पदाधिकारीहरूसित निमन्त्रणा – भ्रमण भएको छ।

आज साँझ पथरीको हरियाली सामुदायिक वन सभाहलमा आयोजित संक्षिप्त संयुक्त कार्यक्रममा ईटहरी शाखाका प्रेसिडेन्ट तथा राष्ट्रिय सम्मेलन आयोजनाका संयोजक सुमन सुवेदीले पथरी र पथरी जेसीजले मातृत्व प्रदान गरेको रमाइलो जेसिजका पदाधिकारीहरूसित संयुक्त रुपमा शाखा भ्रमण गर्नु भएको हो।

नेपाल जेसीजको ५१ औं राष्ट्रिय सम्मेलन (NATCON) २०२५ आगामी पुस महिनाको ६,७ र ८ गते ईटहरीमा भव्यताका साथ् आयोजना हुँदैछ । सोको जानकारी दिंदै सो सम्मेलनमा सकृय सहभागिताका लागि निमन्त्रणा प्रदान गर्न इटहरी जेसीजले पथरी र रमाइलो जेसीजका पदाधिकारीहरूसित संक्षिप्त भ्रमण गरेको थियो।

भ्रमणका क्रममा आयोजित संक्षिप्त कार्यक्रममा राष्ट्रिय सम्मेलन आयोजना व्यवस्थापन समितिका संयोजक समेत रहनु भएका ईटहरी शाखाका प्रेसिडेन्ट सुमन सुवेदीले पथरी जेसिजका वर्ष २०२४ का अध्यक्ष राजकुमार विश्वकर्मा र रमाइलो जेसिजका प्रेसिडेन्ट केशव भण्डारीलाई निमन्त्रणा पत्र तथा गमलामा रोपिएको धुपीको वृक्ष प्रदान गर्नुभएको थियो।

उक्त अवसरमा वर्ष २०२० का पूर्व प्रेसिडेन्ट सन्तोष ढुंगेल, पथरी जेसीजका प्रेसिडेन्ट तथा जेसी आइ सिनेटर राजकुमार विश्वकर्मा, रमाइलो जेसीजका प्रेसिडेन्ट केशव भण्डारी , रमाइलो जेसीजकै संस्थापक अध्यक्ष हिमप्रसाद तिम्सिना लगायतले ईटहरी जेसीजले राष्ट्रिय अधिवेशन आयोजना गर्न लागेकोमा बधाई दिनु हुदै राष्ट्रिय सम्मेलन सम्पन्न गर्नका लागि पथरी तथा रमाइलो जेसिजका पदाधिकारीहरूबाट रचनात्मक भुमिका निर्वाह प्रतिबद्धता जनाएका थिए।

पथरी जेसीजकी महासचिव निर्मला भट्टराईले संचालन गर्नुभएको सो कार्यक्रममा पथरी जेसीज र रमाइलो जेसीजका विभिन्न पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here