जिल्ला अस्पतालमा एक हजारभन्दा बढीले दिए प्रसूति सेवा

0
13
किमाथाङ्का (सङ्खुवासभा),
जिल्ला अस्पताल सङ्खुवासभाबाट गत आर्थिक वर्षमा एक हजारभन्दा बढीले सुरक्षित प्रसूति सेवा लिएका छन् ।
तीन सय ६५ दिन नै प्रसूति सेवा सञ्चालन हुने अस्पतालबाट गत आवमा एक हजार ४२ जनाले सुरक्षित प्रसूति सेवा लिएको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिनुभयो । जसमध्ये तीन सय ६६ जनाको शल्यक्रिया गरिएको थियो ।
अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापी, प्रसूतिलगायतका सेवा सञ्चालनमा छ । जिल्ला अस्पतालमा साउन महिनायता दुई सय १९ दुई जनाले प्रसूति सेवा लिइसकेका छन् ।
सरकारले हिमाली जिल्लामा सुरक्षित प्रसूति सेवा लिनेलाई रु तीन हजार दिँदै आएको छ । अस्पतालमा एक वर्षमा ६३ हजार छ सय १७ जनाले विभिन्न सेवा लिएका छन् । अस्पतालमा सङ्खुवासभाका १० वटा स्थानीय तह र छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी क्षेत्रका सेवाग्राही आउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here