आश्रय सुधार केन्द्र तेस्रो वर्षमा प्रवेश

0
97

योगेन्द्र योगी,
मोरङ।

मोरङको सुन्दरहरैंचा नगरपालिका ३ मा रहेको आश्रय सुधार केन्द्र स्थापना भएको दुई बर्ष पूरा भएको छ। मंगलबार राती सुधार केन्द्रको बार्षिक उत्सव मनाई रहदा सबैको अनुहारमा खुशी देखिन्थ्यो।

स्थापना भएको छोटो समयमा नै लागूऔषध दुर्व्यसनीमा फसेका ८ सय जना भन्दा बढीलाई नयाँ जीवन दिएको छ । लागूऔषध दुर्ब्यसनी तथा मादक पदार्थ सेवन गर्दै समाजमा नकरात्मक क्रियाकलापतर्फ लागेका युवाहरूलाई खराब कुलतबाट टाढा राख्न स्थापना भएको सुधार केन्द्रले ८ सय जनालाई उपचार गरी समाजमा पुनरस्थापना गाराएको सुधार केन्द्रका कार्यक्रम संयोजक सेवक खत्रीले जानकारी दिए।

‘८ सय जनाले सुधार केन्द्रबाट उपचार लिएर गए ती मध्ये ६० प्रतिशत नसा रहित समाजमा स्थापित भएका छन्,कार्यक्रम संयोजक खत्रीले भने,’कोहि विदेश गएर राम्रै कमाई रहेका छन् त कोहि यतै व्यवसाय गरेर बसेका छन् उनीहरु देख्दा मैले समाजमा राम्रै काम गरेछु जस्तो लाग्छ।’

केन्द्रबाट बिदा भएर गएपनि समय–समयमा हालखबर बुझ्न र नयाँ काम गरेबापत खुशियालीमा लड्डु तथा मिठाइहरू बोकर आउने गरेको देख्दा आफूलाई गर्व महसुस हुने गरेको उनले बताए। खराब कुलतबाट टाढा राख्न स्थापना भएको सुधार केन्द्रमा अहिले पनि ८५ जना मानिस रहेका छन् भने अहिले उनीहरुको पनि उपचार भईरहेको छ।

सुधार केन्द्रले कुलतमा फस्दा घर परिवार र समाजबाट तिरस्कार हुने भन्दै लागुऔसध विभिन्न बिरुद्ध सचेतना कार्यक्रम गर्दै आएको छ। दुई बर्षको अवधिमा केन्द्रले अदृश्य तरिकाले विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ।

समाजमा रहेका आर्थिक अति बिपन्न तथा गरिव परिवारहरुलाई राहत वितरण गर्दै आएको छ भने विभिन्न बिद्यालयमा पुगेर लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम पनि गरिरहेको जनाएको छ। गर्मीको समयमा फंखा तथा विभिन्न बिद्यालयमा पुगेर स्टेसनरी सामग्री वितरण गरिरहेको छ।

गत हप्ता मात्र सुधार केन्द्रले सुन्दरहरैचा १० की ११ बर्ष देखि ओछ्यानमै थलिएकी शान्ति माया सार्कीलाई राहत सामग्री चामल,दाल,नुन तेल सँगै नगद १० हजार पनि सहयोग गरेको थियो। केन्द्रले सुन्दरहरैचाका विभिन्न वडाहरुमा विभिन्न जनचेतना मुलक कार्यक्रमा खेलकुद परियोजना तथा युवाहरुको बृद्धि विकासको छेत्रमा पनि काम गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here