लागूऔषध सहित सातजना पक्राउ

0
8

बिराटनगर।

झापा, मोरङ रसुनसरीबाट लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान–१७ का २७ बर्षीय जीतबहादुर बुढाथोकीलाई प्रतिबन्धित औषधी ७२० क्यापसुल र ८४० ट्याब्लेट सहित पक्राउ गरेको छ ।

त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले चेकजाँचको क्रममा बिर्तामोड नगरपालिका २का २३ बर्षीय भुपेन्द्र सिंह राजवंशी र १९ बर्षीय आशिका नेम्वाङ लिम्बूलाई ५६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

उताा मोरङको अस्थायी प्रहरी पोष्ट मटेरुवाले चेकजाँचको क्रममा प्र १–०२–०४८ प ९५०७ नम्बरको मोटरसाईकलमा सवार रहेका बिराटनगर–४ का २० बर्षीय पाञ्जोल घिमिरे र बिर्तामोड झापाका ३५ वर्षिय सरोज बुढाथोकीलाई ४९०मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे ४का ३०बर्षीय हिमाल खतिवडा र ३७ वर्षिय नरबहादुर दाहाललाई ४८० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

लागूऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here