जुनकिरी सार्वजनिक आधारभूतमा जगत

0
13

बुट्टाबारी ।

जुनकिरी सार्वजनिक आधारभूत विद्यालय अर्जुनधारा–११ को विद्यालय व्यवस्थापन समितिमा जगतबहादुर मगर चयन भएका छन् ।

विद्यालय व्यवस्थापन समिति उप छनौट सहयोग संयोजक प्रधानाध्यापक रन्जित परियारको संयोजकत्वमा अभिभावकहरुको भेलाले महिला दुई जनासहित चार जना चयन गरी जनप्रतिनिधि, शिक्षाप्रेमी, चन्दादाता, शिक्षक प्रतिनिधि र सदस्य सचिवसहित नौ जनाको समिति सर्वसम्मतबाट चयन भएको छ ।

समितिको अध्यक्ष जगतबहादुर मगर अभिभावक तर्फबाट नरबहादुर विक, धनमाया राई, कल्पना दर्जी, जनप्रतिनिधि सुशीला गिरी, शिक्षाप्रेमी चन्दादाताबाट बमबहादुर गुरुङ्ग र अभिचन्द्र बाँस्कोटा, शिक्षक प्रतिनिधि अनुजा क्षेत्री र सदस्य सचिव प्रधानाध्यापक रञ्जित परियार सर्वसम्मत चयन भएका हुन् ।

त्यसैगरी विद्यालय शिक्षक तथा अभिभावक संघमा अध्यक्ष दुर्योधन राई र अभिभावकहरुबाट सदस्य डिल्ली बहादुर श्रेष्ठ, चिनिमाया सार्की, शान्ता गुरुङ्ग, धिरज मण्डल, अशोक गुरुङ्ग, बुद्धिलाल मुर्मु, सुमी उराँव, गीता विक, गङ्गा पोख्रेल, शिक्षक प्रतिनिधि गीता उप्रेती चयन भएका छन् ।

कार्यक्रममा छात्रवृत्तिबाट प्राप्त रकममा विद्यालयले केही रकम थप गरी विद्यालय हाउस ड्रेस विद्यार्थीलाई प्रमुख अतिथि सुशीला गिरी मार्फत वितरण गरिएको थियो ।

कार्यक्रम नयाँ समितिमा चयन भएका नरबहादुर विक, बमबहादुर गुरुङ्ग, शिक्षक अभिभावक संघका अध्यक्ष दुर्योधन राई विव्यस अध्यक्ष जगतबहादुर मगर छनौट उपसमिति सदस्य निर्मला लुइँटेल, सुरेखा योङ्गयाङ्ग, मूना मुखिया, अनुजा क्षेत्री लगायतले बोलेका थिए ।

कार्यक्रममा स्वागत शिक्षक गीता उप्रेतीले गरेकी थिइन् भने सहजीकरण संयोजक प्रधानाध्यापक परियारले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here