कामधेनु दुग्ध सहकारीले मनायो २५ औं रजत जयन्ती

0
15

मोरङ,

सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले आफ्नो २५ औं रजत जयन्ती मनाएको छ। कामधेनु दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष यादव ढकालको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले दुग्ध उत्पादन गर्ने किसानहरुको लागि करिव ४ बर्ष अघि पनि सगरमाथा बहुउदेश्य सहकारी मार्फद २० करोड रुपैया सहयोग गरेको कारण कोशी प्रदेशमा अहिलेसम्म दुध होली डे गर्न नपरेको बताए। किसानहरुको पिरमर्का बुझ कोशी प्रदेश सरकारलाई बोलाए घरमै आएर सहयोग गर्ने उनले बताए। किसानहरुलाई जस्तोसुकै सहयोग गर्न प्रदेश सरकार तत्पर रहेको समेत बताएका छन्।

कार्यक्रमामा कामधेनु रजत स्मारिका २०८१ को पनि विमोचन गरिएको छ। कार्यक्रम सोचे भन्दा राम्रो भएको बताउदै कामधेनु अध्यक्ष ढकालले उत्कृस्ट काम गर्ने ३ जना कर्मचारीलाई सम्मान गरिएको बताए।

यस्तै,दुध सप्लाई गर्ने ६ वटा जिल्लाका डेरी संचालकहरुलाई पनि सम्मान गरिएको छ भने सस्थाका पूर्व अध्यक्षहरु लगायत करिव ५० जना भन्दा बढीलाई सम्मान गरीएक छ। सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले काठमाडौं उपत्यकासहितका बजारमा आक्रामक रूपमा बिक्री वितरण गरिरहेको छ।

संस्थामार्फत उत्पादन हुँदै आएको नौनी घ्यु, चिज, छुर्पी, टेबल बटर, पनिर, खुवालगायत स्वादिलो मिठाइका परिकारहरू उपत्यकाका शहरहरूमा बजारीकरण सुरु गरेको छ । कामधेनुमा प्रत्यक्ष रूपमा पूर्वका सुनसरी, मोरङ, झापा, धनकुटा, तेह्रथुमलगायत जिल्लाका एघार हजार बढी कृषकहरू आबद्ध रहेका छन् । अहिले नया एक हजार सदश्यहरु थपिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here