भुल्के जल उद्योगको अनुगमन, सावधानी अपनाउन अनुरोध

0
9

छविराज ढकाल,
पथरी शनिश्चरे ।

पथरी शनिश्चरे नगरपालिकाको उपप्रमुख एवम् नगर स्तरीय अनुगमन समितिको संयोजक देवीमाया काफ्लेको अगुवाईमा बजार अनुगमन समितिले भुल्के जल उद्योगको अनुगमन गरेको छ ।

बिहीबार पथरी शनिश्चरे– १ मा रहेको सो उद्योगमा नगरपालिकाको अनुगमन समितिले स्गथलगत अनुगमन गरेको हो । उद्योगले विक्री गरेको पानी वडा नं. २ का एक उपभोक्ताले आफुले किनेर लगेको जारको खानेपानी दुषित भेटेको भनेर सूचना दिए पश्चात् नगरपालिकाको अनुगमन समितिद्वारा स्थलगत अध्ययन तथा अनुगमन गरिएको जनाएको छ।

उक्त उद्योेगको विक्री गरिएको जारहरु स्थलगत रुपमा अनुगमन गर्दा त्यहाँ भएका जारहरु मध्ये खोलिएको जारको खानेपानीमा केही लामखुट्टेको लार्भा देखिएको भएका थिए भने नखोलिएका जारहरूमा भने खामखुट्टेको लार्भा नदेखिएको, उद्योगमा खानेपानी संकलन गर्ने, प्रशोधन गर्ने तथा जारमा खानेपानी भर्ने कार्य उल्लेखनीय त्रूटी नपाइएको उल्लेख गरिएका छ ।

साथै, अनुगमन समितिले अझै सावधानी अपनाउनुपर्ने र आगामी दिनमा खानेपानी संकलन, प्रशोधन तथा प्याकेजिङ कार्य गर्दा जनस्वास्थ्यको संवदेनशिलतालाई ख्याल गर्दै सावधानी अपनाउन पनि सचेत गराएको छ । अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत शशि राई, राजश्व शाखा प्रमुख ताराप्रसाद ढकाल, स्वास्थय शाखाका अधिकृत एकराज खत्री, नगर प्रहरी इन्चार्ज बलबहादुर गौतमको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here